२०८३ कार्तिक १३ गते बिहिबार

एसियाली एथलेटिक्समा ७ नेपाली खेलाडी

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार २४
nepal athletics teams

काठमाडौं – थाइल्यान्डको पटायामा हुने २५ औं एसियाली एथलेटिक्स च्याम्पियनसिपमा नेपालबाट ७ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्। पाँच पुरुष र दुई महिला गरी सात खेलाडीले प्रतियोगितामा नेपालको चुनौती प्रस्तुत गर्न लागेका हुन्।

जुलाइ १० देखि १७ तारिखसम्म हुने प्रतियोगिताको दिपक अधिकारीले १० हजार मिटर दौड, मुकेश पालले १५००÷५ हजार मिटर दौड, सोमबहादुर कुमालले ४ सय/८ सय मिटर दौड तथा शिवराज पार्की र आयुश कुँवरले १००/२०० मिटर दौडमा प्रतिस्पर्धा गर्ने छन्।

महिलामा राजपुरा पछाईंले ५ हजार मिटर दौड तथा फुलमती रानाले ८ सय/१५०० मिटर दौडमा भाग लिने छन्। मुकेश, शिव र आयुशबाहेक सबै खेलाडी चीनको हाङझाउमा हुने १९ औं एसियाली खेलकुदका लागि छनोट भएका खेलाडी हुन्।

प्रशिक्षकमा एथलेटिक्सका मुख्य प्रशिक्षक चन्द्रबहादुर गुरुङ तथा अफिसियलमा जितेन्द्र चौधरी रहेका छन्। टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला र सदस्य–सचिव टंकलाल घिसिङले हिजो शनिबार एक कार्यक्रमबीच बिदाइ गरे। टोली आज(आइतबार) थाइल्यान्ड प्रस्थान गर्दै छ।

प्रकाशित: २०८० असार २४ गते आईतबार १२:४०
प्रतिक्रिया

थप समाचार

एसियाली खेलकुद : एथ्लेटिक्समा कीर्तिमान, पब्जीमा आशा समाप्त

हाङझाउ- चीनमा जारी एसियाली खेलकुदको एथलेटिक्सतर्फ पुरुष १० हजार मिटर दौडमा नेपालका दीपक अधिकारीले शनिबार राष्ट्रिय कीर्तिमान कायम गरेका छन्। हाङझाव ओलम्पिक स्पोर्ट्स सेन्टरमा भएको स्पर्धामा...

खेलाडी सोध्दैछन्- मेरो देश खै?

सुन्दर भविष्यको खोजी हरेकले गरिरहेका हुन्छन्। देशको शान सुन्दर हुँदा आफ्नो भविष्य पनि सुन्दर हुने सपना धेरै खेलाडीले देखेका हुन्छन्। देशको झण्डा छातीमा राखेर मैदानमा भिडन्त गर्नु धेरै खेलाडीका...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना