काठमाडौँ- बुधबार राति दशरथ रंगशालामा ५ हजार १७० दर्शकको हुटिङको साथ पाएको नेपालले लाओसलाई हराएको छ। नयाँ ६ खेलाडी देखिएको राष्ट्रिय टिमबाट लाओसविरुद्ध २–० को जित निकाल्दा चार खेलाडीले डेब्युसमेत गरेका छन्। दशरथ रंगशालामा खेलिएको नेपालको ५१औँ खेलमा नेपाललाई जित दिलाउन अनन्त तामाङ र नवयुग श्रेष्ठले गोल गरेको खेलमा सनिष श्रेष्ठ, मणिकुमार लामा, दिपक सिंह ठकुरी र सुमित श्रेष्ठले डेब्यु गरेका थिए।
प्रशिक्षक भिन्सेन्जो अल्बार्टो एनेसको प्रशिक्षणमा नेपालले पहिलो जित निकालेको हो। ‘हामीलाई चाहिएको जित निकालेको हो। नयाँ खेलाडी पनि थिए। लामो समयपछि यो खेल भएको छ र मैले दुई दिन मात्र राम्रो अभ्यास गरेको हो। तर राम्रो सुरुआत भएको छ। जब हामी पोसेसनमा कमजोर रहे पनि हामीले जित निकाल्यौँ,’ उनले खेलपछि भनेका छन्।
नेपाली राष्ट्रिय फुटबल टिमका डिफेन्डर अनन्त तामाङले लाओसविरुद्धको खेलमा नेपाली टिमको कम्बिनेसन आशा गरिए अनुरुपका नभएको बताए। म्यान अफ दि म्याचसमेत बनेका अनन्तले भने, ‘हामीले पोसेसनमा पनि वर्कआउट गर्नुपर्छ भन्ने लाग्छ। आजको खेलमा हाम्रो कम्बिनेसन नै मिलेको थिएन।’ दशरथ रंगशालामा खेल सुरु भएको केही समयमै मिडफिल्डर विशाल राई र सन्तोष तामाङको अभाव छल्ने खेलाडी देखिएन।
डिफेन्समा सनिषको सम्भावना राम्रो भए पनि विकास खवासलाई खेलाडीले विश्वासिलो लेफ्ट ब्याक मान्न सकेनन्। यद्यपि नेपालले आजको खेलको पहिलो हाफमा केही राम्रो मुभ भने बनाएको थियो। खेलको पाँचौ मिनेटमै उत्कृष्ट अवसर पाएको थियो। बायाँ तर्फबाट आयुष घलानले गरेको क्रसमा फरवार्ड भरत खवासले कनेक्ट गर्न सकेनन्। उनले हेडरको प्रयास गरे पनि गोल गर्न चुके।
खेलको १८औं मिनेटमा एरिक विष्टले बक्स भित्रबाट दिएको पासमा पुजन उपरकोटीले गरेको प्रहा पोस्टभन्दा माथिबाट गएको थियो। उनले गोल गर्ने निकै सुनौलो अवसर गुमाएका थिए। त्यसको तीन मिनेटपछि नवीन लामाको पासमा नवयुग श्रेष्ठले हेडर प्रहार गरेपनि बलले पोस्टका दिशा लिन सकेन।
आक्रमणको क्रममा नेपालले ३०औं मिनेटमा कर्नरको अवसर पाएको थियो। कर्नरमा नवीनले गरेको प्रहारलाई अनन्त तामाङले चलाखीपूर्ण हेडर गोल गरे। नेपालका नवनियुक्त प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसको प्रशिक्षणमा गोल गर्ने अनन्त पहिलो खेलाडी बनेका छन्।

पहिलो हाफमा गोलका लागि सिर्जना हुन सक्ने दुई अवसरलाई खेर फालेका भरत खवासको ठाउँमा दोस्रो हाफमा मनिष डाँगीभित्र छिरेका थिए। उनले खेलको दोस्रो हाफमा मुस्किलले निकालेको बललाई नवयुगले आयुषलाई प्रहार गर्न दिए पनि उनले पोस्टअघिबाट प्रहार गर्न सकेनन्।
प्रशिक्षक भिन्सोन्जोले आजको खेलमा ५ ब्लक भएको बताएका छन्। ‘हामीसँग २३ खेलाडी नै युवा जस्ता छन्। ६ नयाँ खेलाडीसँग हामीले राम्रो खेलेको हो। पछिल्लो समयको खेलहरुमा नेपाली खेलाडीको पोसेसन पनि राम्रो थियो। यद्यपि आज हामीले राम्रो गरेको हो,’ प्रशिक्षक भिन्सेन्जोले भने, ‘जित त भएको नै छ। तर ट्याक्टिकल्ली आज ५ ब्लक भएको छ। बायाँ साइडमा पोसेसन राख्नु पर्छ भन्ने लागेको छ।’
खेलको १८औं मिनेटमा एरिक विष्टले बक्स भित्रबाट दिएको पासमा पुजन उपरकोटीले गरेको प्रहा पोस्टभन्दा माथिबाट गएको थियो। उनले गोल गर्ने निकै सुनौलो अवसर गुमाएका थिए। त्यसको तीन मिनेटपछि नवीन लामाको पासमा नवयुग श्रेष्ठले हेडर प्रहार गरेपनि बलले पोस्टका दिशा लिन सकेन।
पहिलो हाफमा लेफ्ट विङबाट निकै राम्रो प्रदर्शन गरेका आयुषको गोल प्रहार गर्न नसक्दा उनको खेलभरको प्रदर्शन छायामा पर्यो। ‘दोस्रो गोल राम्रो तर अर्को एउटा राम्रो अवसर गुमायौँ। हामीले हाम्रो केही कुराको लागि सुधार गर्नुपनै छ,’ खेलको विश्लेषण गर्ने क्रममा प्रशिक्षक भिन्सेन्जोले भने, ‘आयुषले अवसर मिस गरेको कारण उनीले रिसाएको जस्तो देखिएको हुनुपर्छ तर खेलमा यास्तो मेन्टालिटी हुनुपर्छ। मिसपछि पनि हाँस्नु चाहीँ गलत हो। उनले आफ्नो गल्ती रियलाइज गरेका हुनुपर्छ।’

खेलको १५ मिनेट बाँकी रहँदा नवीनको ठाउँमा मणिकुमार लामाले डेब्यु गरेका थिए। पछिल्लो समय एपीएफबाट खेल्ने गरेका मणिले राष्ट्रिय फुटसल टिमबाट भने खेलिसकेका छन्। उनले ७५ औं मिनेटमा डेब्यु गरे। फुटसलको राष्ट्रिय टिममा कप्तानीसमेत गरिसकेका मणिले दुई गोल गरेका छन्।
मणिको डेब्यूको सात मिनेटपछि दिपकराज सिंह ठकुरीले नवयुग श्रेष्ठको ठाउँमा प्रवेश गर्दै राष्ट्रिय टिमबाट डेब्यु गरेका छन्। उनी प्रवेश गर्दा नेपाली टिम दबाबमा थियो। लाओसका भन्नासोन डोउअन्गमीती र सोउकाफोनले उत्कृष्ट प्रदर्शन गरिरहेहका थिए। पहिलो हाफको तुलनामा बलियो प्रदर्शन गरेको लाओसले दोस्रो हाफमा धेरै अवसर सिर्जना त गर्यो तर कहिले पोस्ट बाहिर प्रहार गर्यो कहिले नेपाली कप्तान किरण लिम्बूले बचाए।
उसका केही महत्वपूर्ण प्रहार नेपाली डिफेन्डर रोहित चन्द र अनन्त तामाङले क्लियर गरिदिए। आजकै खेलमा डेब्यु गरेका सनिष श्रेष्ठले भने ९० मिनेट नै खेल्ने अवसर पाएका थिए।
यता खेलको एक मिनेट बाँकी रहँदा सुमित श्रेष्ठले डेब्यु गरेका छन्। गत वर्ष राष्ट्रिय फुटसल टिमबाट डेब्यु गरेका उनले अहिले राष्ट्रिय टिमबाट डेब्यु गरेका हुन्। उनको प्रवेशको एक मिनेटमै खेल सकिएको जनाउ रेफ्रीले दिएका थिए। यो जितसँगै नेपाल थ्री नेसन्स कपको फाइनल नजिक पुगेको छ।खेलपछि प्रशिक्षकले भने, ‘दोस्रो हाफको सुरुमै एउटा परिवर्तन गरेको हो। हामीले ठीक समयको परिवर्तन गरेको भन्ने लाग्छ। म नयाँ खेलाडीको आगमनमा खुसी छु।’
नवयुग श्रेष्ठले दोस्रो हाफका पेनाल्टी बक्स बाहिरबाटै सानदार गाल गरे। उनले एयर बल छातीले नियन्त्रणमा लिँदै लामो भली प्रहार गरेर बललाई सिधै जालीको सम्पर्कमा पुर्याएका थिए। गोलकिपर चेइसाभाथले बलको दिशामा सरेर नियन्त्रणमा लिने प्रयास गरे पनि उनको हात माथिबाट बल सिधै जालीसम्म पुगेको थियो। राष्ट्रिय टिमबाट नवयुगको यो आठौं गोलसमेत हो। उनले दुई वर्षअघि (सन् २०२१) मा पछिल्लो गोल गरेका थिए।
खेलको समग्र विश्लेषण गर्दै प्रशिक्षक भिन्सेन्जोले भनेका छन्, ‘प्रदर्शनमा सन्तुष्ट हुने सकिँदैन। पोसोसनवाइज लाओसले दबाबमा राखेको हो। रिजल्ट हाम्रो हातमा आएको छ।’
गोलकिपर अघि बढिरकेको समयमा लाओसका खेलाडीले गरेको प्रहारलाई गोललाईबाट अनन्तले बचाएका थिए। आजको खेलमा नेपाललाई अग्रता दिलाउन र क्लिन सिट राख्न अनन्तको भूमिका मुख्य रह्यो। त्यसपछि कर्नर प्रहारमा पनि नेपाल गोलको भयबाट मुस्किलले जोगिएको थियो। त्यसपछि लाओसले लगातार प्रहार गरिरहह्यो र दुई पटक कर्नर प्रहारको अवसर पनि पायो। तर उसका गोलको सबै प्रयास सार्थक बन्न सकेनन्।
खेलको समग्र विश्लेषण गर्दै प्रशिक्षक भिन्सेन्जोले भनेका छन्, ‘प्रदर्शनमा सन्तुष्ट हुने सकिँदैन। पोसोसनवाइज लाओसले दबाबमा राखेको हो। रिजल्ट हाम्रो हातमा आएको छ।’

यता लाओसका प्रशिक्षक माइकल वाइसले आजको खेलमा विभिन्न भौतिक कारणले आफूलाई खेल्न गाह्रो भएको बताए। उनले भने, ‘नेपाललाई बधाई। प्रशिक्षकको गुड स्टार्ट भयो। हामीले दुई अवसर पाएको हो। उचाइ, घरेलु टिम, चीसो पिचले गाह्रो भयो। आज पोसेसनमा राम्रो गरेको भए पनि घरेलु टिमविरुद्ध खेल्न गाह्रो नै हुन्छ।’
उनले थपे, ‘अफेन्सिभ रुपमा हामीलाई पर्खिरहेको हो। तर यसलाई फेन्टास्टिक भन्न त मिलेन।’ उनले अर्को खेलमा फुल स्पिडका साथ खेल्ने उल्लेख गरे। ‘हामीले रनिङ, पोसेसन र बलको अवस्थामा ठिकै काम गरेको हो। त्यसै पनि २२ वर्ष सम्मका युवा लिएर खेल्दा यस्तो पनि हुन्छ। यो कुरा हाम्रो लागि सकारात्मक नै हो,’ उनको विश्वास छ, ‘अब भुटानसँग जितको लागि खेल्नुछ। ‘हामीले सेटपिसमा गोल खाएको हो। त्यति बेला मार्क भएन। अर्को गोल लामो सट थियो। तर त्यो अवस्थामा गोलकिपर सजग भएर बस्न सकिने पनि थियो। त्यस्तो भएन र हामीलो गोल खान पुग्यौँ।’
खेलाडी बुझ्न अझै समय चाहिन्छ: प्रशिक्षक भिन्सेन्जो
लामो समय अभ्यासमा बिताएपछि अब हामीले एक दिन रेस्ट लिनेछौं। यसले सकारात्मक शक्ति पनि दिनेछ भन्ने लाग्छ। मैले आज पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलेको हो। नेपाल र एसियासँग पहिलो खेल हो। त्यसैले मलाई मेरो खेलाडी बुझ्नको लागि समय चाहिन्छ। म अहिले नै के गर्न सक्छु भनेर भन्न सक्दिन।
हामीले हरेक खेललाई ध्यान दिएर खेलने हो। हामी फरक खेलाडीसँग फरक खेल, फरक रणनीतिका साथ खेल्नेछौं। हामीले अर्को खेलमा नयाँ खेलाडीलाई पनि अवसर दिनेछौं। अन्जन(विष्ट) फिट नै छन्। उनी पुरा फिट चाहिँ छैनन। उनलाई नखेलाउने नर्मल डिसिजन गरेको हो। अरु खेलाडी पनि ठिक छन्। म सबैलाई विश्वास गर्छु भन्ने कुरा पनि हो।
नयाँ खेलाडीसँग कम्बिनेसन राम्रो भएनः अनन्त तामाङ
आजको मैदान चिसो थियो, खेल्न केही गाह्रो। अनि हामीले अभ्यासमा पनि सेटपिसमा गोल गर्ने तयारी गरेको हो। त्यही समयमा गोल गर्न सफल भएका छौं। खुसी लागेको छ। डेब्यू गरेकामध्ये सनिष डिफेन्स खेल्नुहुन्छ। सुरुमा कम्बिनेसन नमिले पनि एकै दोस्रो हाफमा राम्रो भएको थियो। सनिष ट्यालेन्टे डिफेन्डर लाग्यो। उनी अहिले सेट भइसकेको छ। अब भुटानको सामना गनु छ, त्यसका लागि धेरै क्वालिटी खेलाडी चाहिन्छ भन्ने लागेको छ।



