काठमाडौं- ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका सचिव कृष्णबहादुर राउतलाई २४ घण्टाभित्र अदालत उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ।
उषा कार्कीले दिएको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले यस्तो आदेश सरकारका नाममा जारी गरेको हो।
ललिता निवास जग्गा प्रकरणमा असार २४ गते राउत पक्राउ परेका थिए।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सचिव राउतलाई पक्राउ गरेपछि उनलाई गैरकानुनी थुनामा राखेको भन्दै सर्वोच्च अदालतमा बन्दीको रिट परेको थियो।



