काठमाडौँ– परराष्ट्रमन्त्री एनपी साउदसँग अमेरिकाका सहायक विदेशमन्त्री डोनाल्ड लुले भेटवार्ता गरेका छन्। शुक्रबार अपराह्न सिंहदरवारस्थित परराष्ट्र मन्त्रालयमा लुले मन्त्री साउदसँग भेट गरेका हुन्।
भेटका क्रममा लुले एमसीसी कार्यान्वयनबारे चासो राखेका थिए। सन् २०२६ मा नेपाल अल्पविकसित मुलुकहरुको सूचीबाट स्तरोन्नति र सो पश्चात् पनि अमेरिकाबाट नेपाललाई प्राप्त हुने सहयोगको निरन्तरता र बढोत्तरीलगायतका विषयमा छलफल भएको बताइएको छ।
परराष्ट्रमन्त्री साउदले अमेरिकाबाट प्राप्त सहयोगप्रति कृतज्ञता व्यक्त गरेका थिए। सहायक विदेशमन्त्री लुले नेपाललाई अमेरिकाको सहयोग निरन्तर रहने प्रतिवद्धता जनाएका थिए।


