२०८३ कार्तिक १३ गते बिहिबार

जायजेथा बेचेरै विपन्न बालबालिका पाल्दै आएका ८५ वर्षीय अमरसिंहको लोभलाग्दो समाजसेवा

 |  रासस
Sanket

रासस

काठमाडौँ, असार ३०
Amarsing gurung
समाजसेवी अमरसिंह गुरुङ

तनहुँ– तनहुँको भानु नगरपालिका–७ चन्दनीस्थित चण्डिका बालगृहमा २७ विपन्न बालबालिका छन्। गरिबीको रेखामुनि रहेका र विभिन्न समस्यामा परेका ती बालबालिकाले यहाँ आश्रय पाएका छन्। उक्त बालगृहमा १० वर्षदेखि विभिन्न ठाउँका बालबालिकाले आश्रय पाएका छन्। बालगृहको मासिक खर्च ७५ हजार बढी छ। सरकारी निकाय वा संघसंस्थाले यो बालगृह सञ्चालन गरेका होइनन्।

स्थानीय समाजसेवी ८५ वर्षीय अमरसिंह गुरुङले यो बालगृह सञ्चालन गरिरहेका छन्। मासिक रुपमा आउने खर्चको व्यवस्थापन पनि स्वयं गुरुङले नै गर्दै आएका छन्। चण्डिका आधारभूत विद्यालयका पूर्वविद्यालय व्यवस्थापन समिति अध्यक्ष रहेका गुरुङले विपन्न बालबालिकालाई आश्रय दिन पाउँदा खुसी लागेको बताए। उनले भने, ‘मलाई सामाजिक काम गर्न पहिलेदेखि रुचि हो। गरिबीको रेखामुनि रहेका बालबालिकालाई पालनपोषण गरिरहेको छु। मलाई आत्मसन्तुष्टि छ।’

अपांगता भएका बालबालिकालाई पनि बालगृहमा राख्न प्रयास गरिए पनि केही प्राविधिक कारणले त्यो सफल हुन नसकेको उनको भनाइ छ। गुरुङका छोराछोरी विदेशमा छन्। छोराछोरीले नै मासिक रुपमा पैसा पठाइदिने र सोही पैसाबाट बालगृहका बालबच्चाको पालनपोषण गर्न सहयोग पुगेको उनी बताउँछन्। उनले भने, ‘कुनै सरकारी निकायको सहयोग छैन, मैले व्यक्तिगत रुपमै यसको व्यवस्थापन गरिरहेको छु।’

गुरुङले बालगृह व्यवस्थापनका लागि आफ्ना नाममा रहेको थुप्रै जग्गा बेचिसकेका छन्। ‘५०/६० मुर धान उत्पादन हुने जग्गाजमिन पनि बालबाालिकाका निमित्त बेचेँ, अब पाँच/६ रोपनी खेत बाँकी छ। त्यो पनि आवश्यक परे बालबालिकाको हितमा खर्च गर्न सक्छु’ उनले भने। ८५ वर्षको उमेरसम्म पनि समाजसेवामा सक्रिय हुनुहुन्छ भन्ने प्रश्नमा उनले भने, ‘राम्रो काम गर्न उमेर बाधक नबन्दो रहेछ। राम्रैसँग खटिरहेजस्तो लाग्छ।’

कृषि ज्ञान केन्द्र तनहुँको सहयोगमा बालगृह वरपर रहेको जग्गामा फलफूलका बिरुवा रोपण गरिएको छ। बालगृहको अवस्थाबारे जानकारी पाएपछि बालबालिकालाई कृषिसँग जोड्न सुन्तला, कागती, एभोकाडो, आँप, लिचीका बिरुवा रोपिएको ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिए।

उनका अनुसार निकट भविष्यमा तरकारी खेतीका लागि पनि सहयोग गरिनेछ। उनले भने, ‘एउटा व्यक्तिको प्रयासले बालगृह सञ्चालन गर्नु सकारात्मक काम हो। असहाय बालबालिकाका लागि सबैको सहयोग आवश्यक छ।’

प्रकाशित: २०८० असार ३० गते शनिवार ०९:५५
Sanket

रासस

राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।
प्रतिक्रिया

थप समाचार

पोखरामा ‘पल्सर आरपीएम’ हुँदै, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव लिन पाइने

काठमाडौँ: युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई समेट्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा...

मेटलाइफ नेपालले सुरु गर्‍यो अनलाइन दाबी ट्र्याकिङ सेवा

काठमाडौँ: मेटलाइफ नेपालले बीमित ग्राहकलाई आफ्नो दाबी प्रक्रियाको अवस्था अनलाइनबाटै हेर्न मिल्ने सेवा सुरु गरेको छ। नयाँ प्रणालीमार्फत ग्राहकले ग्राहक सेवा केन्द्रमा फोन नगरी वा कम्पनीको...

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

टस हारेर ब्याटिङ गर्दै पोखरा, मैदानमा दिनेश खरेल र मेहदी हसन

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गर्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान सुदूरपश्चिमले टस...

मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने

काठमाडौँ: मोरङ जिल्ला तथा आसपासका क्षेत्रको विद्युत मागलाई सम्बोधन गर्न र आपूर्तिलाई पर्याप्त, भरपर्दो तथा गुणस्तरीय बनाउन कानेपोखरी गाउँपालिका–२ मा १३२ केभी क्षमताको केरौन सबस्टेसन निर्माण...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना