काठमाडौँ- ‘विश्व नम्बर वान’ फुटबल टिम ब्राजिलले शनिबार राति मोरोक्कोसँग २–१ को हार व्यहोरेको छ। मैत्रीपूर्ण खेलमा मोरोक्कोको टेन्जियरमा सम्पन्न खेलमा ब्राजिलले घरेलु टिमसँग पराजय बेहोरेको हो।
ब्राजिलका अन्तिरिम प्रशिक्षकले अधिकांश युवा खेलाडी राखेको टिमको कप्तानी कासिमेरोले गरेका थिए। खेलको २९औं मिनेटमै एक गोलले पछि परेको अवस्थाबाट कासिमेरोले ६७औं मिनेटमा बराबरी गोल फर्काए। तर मोरोक्कोका साबिरीले ७९औं मिनेटमा गोल गर्दै ब्राजिललाई हराएका थिए। ५४ प्रतिशत समय बलमा नियन्त्रण बनाए पनि ब्राजिलले जित निकाल्न सकेन।
गएराति नै भएको अर्को मैत्रीपूर्ण खेलमा रोमानियाले १० खेलाडीमा समेटिएको एन्डोरालाई लाई २–० ले हराएको छ। त्यस्तै वेल्सले क्रोएसियासँग १–१ को बराबरी खेलेको छ।


