२०८३ कार्तिक १२ गते बुधबार

हेवाखोलामा बेलिब्रिज बनाएपछि एक महिनामा खुल्यो मेची राजमार्ग

 |  रासस
Sanket

रासस

काठमाडौँ, असार ३१
bailey

फुङलिङ- अवरुद्ध भएको मेची राजमार्ग एक महिनापछि सञ्चालनमा आएको छ। पाँचथरको हेवा खोलामा बेलिब्रिज सम्पन भएसँगै अवरुद्ध राजमार्ग खुलेको हो।

बाढीपहिराले यही असार २ गते हेवाखोलामा रहेको मोटरेबल पुल बगाएसँगै मेची राजमार्ग अवरुद्ध भएको थियो। बाढीपहिराले मोटरेबल पुल बगाएसँगै ताप्लेजुङ जिल्ला सडक सञ्जालले विच्छेद भएको थियो।

लामो समय मेची राजमार्ग अवरुद्ध हुँदा ताप्लेजुङ जिल्लाबाट अन्य जिल्ला जान समस्या हुँदै आएको थियो। ताप्लेजुङदेखि पाँचथरको जिल्लाको हेवाखोलासम्म वारि मात्र गाडी पुग्थ्यो।

वारिबाट तुइन र फड्के पुल तरेर खोलापारि पुगेर अर्को गाडी खोजेर अन्य जिल्ला जानुपर्ने बाध्यता थियो।

ताप्लेजुङमा आवश्यक दैनिक सामग्री ढुवानी हुन नसक्दा खाना पकाउने ग्यास, पेट्रोलिय पर्दाथलगायत आवश्यक खाद्यान्न पदार्थको अभाव झेल्नुपरेको थियो। सवारी साधनको आवागमन नहुँदा ताप्लेजुङ जिल्लास्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा दर्शन गर्न आउने तीर्थयात्री प्रभावित हुँदै आएका थिए।

वैकल्पिकरूपमा हेवा खोलामा तुइन, फड्के तथा अस्थायी डाइभर्सन पुल सञ्चालन गरी सवारी साधनको सहज आवतजावत भइरहेकोमा आइतबार साँझदेखि बेलिब्रिज सञ्चालनमा आएको जिल्ला प्रशासन कार्यालय पाँचथरका सूचना अधिकारी गौरव ढुङ्गेलले बताए।

बेलिब्रिजबाट आज साना सवारी साधनलाई प्राथमिकतामा राखी पुल पार गराइएको थियो। विस्तारै ठूला सवारी साधन सञ्चालन गरिने भएको हुँदा अनावश्यकरूपमा सडक जाम नगरिदिन जिल्ला प्रहरी कार्यालय पाँचथरले आग्रहसमेत गरेको छ।

प्रहरीका अनुसार पुलबाट एकतर्फी मात्र सवारी आवतजावत हुने हुँदा पालैपालो एकतर्फी र एकपटकमा एउटा मात्र सवारीसाधन आवतजावत गरी पुलको प्रयोग हुनेछ।

पुलको किनारमा सुरक्षा जोखिम रहेको हुँदा पैदल भई सो पुलको प्रयोग गर्दा विशेष ध्यान पुर्‍याउन हुन र बालबालिका तथा वृद्धलाई एक्लै सो पुलको प्रयोग गर्न नदिनका लागि जिल्ला प्रशासन कार्यालय पाँचथरले आग्रह गरेको छ।

बेलिब्रिजमा तोकिएको भारवहन क्षमता (२५ टनसम्म) भन्दा बढी भारवहन गरी ढुवानी गर्न नमिल्ने भएको हुँदा तोकिएको भारवहन भएको सवारी मात्र आवतजावत र ढुवानी गर्न सकिने पाँचथरमा रहेको साम्दिन आर्मी क्याम्पका सहायक सेनानी मेखविक्रम राईले बताए।

प्रकाशित: २०८० असार ३१ गते आईतबार ०९:०९
Sanket

रासस

राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।
प्रतिक्रिया

थप समाचार

पोखरामा ‘पल्सर आरपीएम’ हुँदै, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव लिन पाइने

काठमाडौँ: युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई समेट्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा...

मेटलाइफ नेपालले सुरु गर्‍यो अनलाइन दाबी ट्र्याकिङ सेवा

काठमाडौँ: मेटलाइफ नेपालले बीमित ग्राहकलाई आफ्नो दाबी प्रक्रियाको अवस्था अनलाइनबाटै हेर्न मिल्ने सेवा सुरु गरेको छ। नयाँ प्रणालीमार्फत ग्राहकले ग्राहक सेवा केन्द्रमा फोन नगरी वा कम्पनीको...

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

टस हारेर ब्याटिङ गर्दै पोखरा, मैदानमा दिनेश खरेल र मेहदी हसन

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गर्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान सुदूरपश्चिमले टस...

मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने

काठमाडौँ: मोरङ जिल्ला तथा आसपासका क्षेत्रको विद्युत मागलाई सम्बोधन गर्न र आपूर्तिलाई पर्याप्त, भरपर्दो तथा गुणस्तरीय बनाउन कानेपोखरी गाउँपालिका–२ मा १३२ केभी क्षमताको केरौन सबस्टेसन निर्माण...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना