२०८३ कार्तिक ११ गते मङ्गलबार

नेताकार्यकर्तालाई जिम्मेवार नबनाए पार्टी पार्टीका रुपमा रहन्न

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन ७
binod_chaudhari

सबैभन्दा पहिला त मैले पहिलोपटक जनताका बीचमा प्रत्यक्ष जाने मौका पाएँ। पार्टीले मलाई विश्वास गर्‍यो। त्यसका लागि म धन्यवाद भन्न चाहुन्छ। अत्यन्त कठिन परिस्थितिमा पार्टी सभापतिको नेतृत्वमा हामीले चुनाव लड्यौं। मैले आफ्नो चुनावको अनुभव राख्दा, कस्तो स्थितिको सामना गर्नुपरो भने, मैले टिकट पाउने बित्तिकै त्यहाँ एउटा ठूलो तप्का चुनावमा कसरी जिताउनेभन्दा पनि कसरी रोक्ने, छेक्ने, कसरी विरोधको वातावरण बनाउने अनि कसरी अफ्ठ्यारो पार्ने खालका गतिविधि भए। मेरो निर्वाचन क्षेत्रमा त कसरी विरोधी उम्मेदवारलाई विजयी गराउने भन्ने क्रियाकलापमा हाम्रै पार्टीका केही व्यक्ति प्रत्यक्ष संलग्न भए। यसका प्रमाण निर्वाचनकै बेला छरपष्ट भइसकेका छन्।

मैले निर्वाचनका बेला अत्यन्तै दुर्भाग्यपूर्ण स्थितिको अनुभव गरेँ। म जस्तै धेरैले यस्तो अनुभव गरेको मैले पाएको छु। पार्टी संगठन, भ्रातृसंगठन, शुभेच्छुक संगठन र पार्टी सदस्यलाई अनुशासनमा राख्न नसक्ने हो र उनीहरुलाई पार्टीको उद्देश्यप्रति जिम्मेवार बनाउन नसक्ने हो भने पार्टी पार्टीका रुपमा रहन सक्दैन।

अहिले नयाँनयाँ पार्टीहरु जुन रुपमा सलबलाइरहेका छन्, जुन रुपमा स्थानीय तहमा गतिविधि गरिरहेका छन्, नाम नै नसुनेका उम्मेदवार उठ्दा पनि हजारौं भोट पाउँछन्। खासगरी युवा पक्तिहरु, नयाँ पढेलेखेका, देशबाहिर रहेका युवाहरुले आफ्नो परिवार, पार्टीकै परिवारका सदस्यले पनि घरमा फोन गरेर अब नयाँ पार्टीलाई भोट हाल्नुस्। पुराना पार्टीका कारण हामी विदेशिएका हौं भनेर नयाँलाई मतदान गर्न भनेर परिवारका सदस्यमा दवाव दिइरहेको अवस्थामा हामीहरु एकढिक्का हुनुको साटो आफ्नै पार्टीका कतिपय नेताहरुबाट असहयोग हुनुले स्थिति झनै गम्भीर रहेको म यहाँहरुलाई जानकारी गराउँछु। यसबारेमा पार्टीले अत्यन्तै गम्भीरताका साथ त्यस्ता मानसिकता भएका तथाकथित व्यक्ति जो आफूबाहेक अरु हुनुहुँदैन भन्छन्, त्यस्ता व्यक्तिलाई समयमै पन्छाउन सकेनौं भने त्यसले झन् आगामी दिन कठिन हुने कुरा निश्चित छ।

नयाँ पार्टीहरुले ठूलो संख्यामा सदस्यता वितरण गरिरहेका छन्। उनीहरुले मान्छे मात्र परिचालन गरेका छैनन्, आर्थिक स्रोत पनि परिचालन गरिरहेका छन्। अनलाइन र टेक्नोलोजीको माध्यमबाट उनीहरु संगठन विस्तारमा छन्। यो कुरा दिनहुँ जानकारीमा आइरहेका छन्। मैले यो विषय यहाँ राख्नैपर्छ।

अर्कोतर्फ, विभिन्न विकास निर्माणका मुद्दा, आर्थिक विकास मुद्दामा, निजी क्षेत्रसँग सम्बन्धित मुद्दामा, लगानीको मुद्दामा, अर्थतन्त्र संकुचित भएको स्थिति, बैंकमा भएको तरलता लगानी गर्न नसकेको अवस्था, चलिरहेका उद्योग बन्द गर्नुपर्ने परिस्थिति छ। यस्तो अवस्थामा हामीले तत्काल अर्को वातावरण बनाउन सकेनौं भने अहिले देखिएको चुनौतीलाई झन् गम्भीर बनाउने कुरा पनि निश्चित छ।

अहिले पनि राजश्व उठ्ने क्रम र साधारण खर्च र विकास खर्चको आपसी तालमेलमा ल्याउनुपर्ने सकारात्मक परिवर्तनसँग जोडिएका चुनोती आफ्नै ठाउमा छन्। हुन त, मौद्रिक नीति आउन बाँकी छ। मौद्रिक नीतिमार्फत् धेरै विषयको सम्बोधन हुने कुरा अर्थमन्त्रीज्यूले बताउनुभएको छ। म आशावादी छु।

नयाँ पार्टीहरुले ठूलो संख्यामा सदस्यता वितरण गरिरहेका छन्। उनीहरुले मान्छे मात्र परिचालन गरेका छैनन्, आर्थिक स्रोत पनि परिचालन गरिरहेका छन्। अनलाइन र टेक्नोलोजीको माध्यमबाट उनीहरु संगठन विस्तारमा छन्। यो कुरा दिनहुँ जानकारीमा आइरहेका छन्। मैले यो विषय यहाँ राख्नैपर्छ।

अर्को कुरा, अत्यन्तै गम्भीर चुनौतीको विषय रोजगारी सिर्जना नहुनु हो। अहिले पनि दैनिक दुई हजार भन्दा बढी मानिस रोजगारीका लागि विदेशिनु परिरहेको छ। मानिसमा आशा र आत्मविश्वासको सञ्चार गर्न नसक्नु अर्को गम्भीर चुनौती हो। जसले नेपालको राजनीति र स्थापित पार्टीप्रतिको दृष्टिकोणमा बदलाव ल्याउन पनि भूमिका खेल्ने गरेको छ। यसतर्फ हामी सचेत हुनुपर्छ।

तेस्रो कुरा, समाजमा असल छवि भएका, राम्रो अनुभव भएका र राम्रो पृष्ठभूमि बोकेका व्यक्तिलाई अगाडि सार्न सकेनौं, पार्टीका प्रतिनिधि पात्रका रुपमा, पार्टीका सकारात्मक पात्रका रुपमा र पार्टीका प्रचारकका रुपमा हामीले उभ्याउन सकेनौं भने अहिले जे जस्ता नयाँ राजनीतिक परिदृष्यहरु देखिएका छन्, आगामी दिनमा त्यसलाई चिर्न सजिलो हुने छैन।

यी तीन मुख्य कुरामा पार्टीले ध्यान दिनुपर्छ। हामी आन्तरिक खिचातानीमा अलमलिने होइन। पार्टी सभापतिले अत्यन्तै कठिन परिस्थितिमा, चुनावमा गठबन्धनका बारेमा विभिन्न टिकाटिप्पणी भइरहेका बेला पनि सुझबुझपूर्ण रुपमा कांग्रेसलाई ठूलो पार्टीका रुपमा स्थापित गराउनुभयो। स्थानीय तहदेखि प्रदेश हुँदै संघमा पनि ठूलो पार्टी बनाउन सफल हुनुभयो। केन्द्रमा सरकारको महत्वपूर्ण भूमिकामा छ। प्रदेश र स्थानीय तहमा पनि महत्वपूर्ण हैसियतमा छ।

आगामी दिनमा पार्टीलाई थप संगठित र सशक्त बनाउन पार्टीभित्रको आन्तरिक एकतालाई बलियो बनाउँदै असन्तुष्टिलाई सम्बोधन गर्दै हामी एकसूत्रमा अगाडि बढ्नुपर्ने अहिलेको आवश्यकता छ। मैले माथि उल्लेख गरेका विषयलाई सम्बोधन गर्न सबैले अनुभूति गर्ने गरी ठोस रणनीति बनाउन जरुरी छ। कांग्रेसको जारी केन्द्रीय समिति बैठक यसतर्फ अग्रसर हुनेछ भन्ने मैले विश्वास लिएको छु।

(नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकमा केन्द्रीय सदस्य विनोद चौधरीले राखेको धारणाको सम्पादित अंश)

प्रकाशित: २०८० साउन ७ गते आईतबार १२:१८
प्रतिक्रिया

थप समाचार

विद्युत् व्यापार आशयपत्रको स्वागत गर्दै इप्पानले राख्यो चार माग

काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले अन्तरदेशीय विद्युत् व्यापारको तयारीका लागि निजी क्षेत्रलाई आशयपत्र जारी गर्ने सरकारको निर्णयको स्वागत गर्दै अनुमतिपत्र पाउने...

एनपीएलका लागि ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौँः नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै एक्सट्रीम इनर्जी ड्रिङ्कले देशका ९ सहरमा १० वटा फ्यान जोन सञ्चालन गर्ने भएको छ। कात्तिक ९ देखि मंसिर ५ गतेसम्म हुने एनपीएलका...

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।

एनपीएल क्रिकेट: जनकपुर टस जितेर फिल्डिङमा

काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो दिनको दोस्रो खेलमा अहिले जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय...

कहीँ नभएको जात्रा हाँडीगाउँमा !

काठमाडौँ: दशैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरू भएको छ। ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ उखानसँग जोडिएको यो जात्रा तीन दिनसम्म...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना