२०८३ कार्तिक १६ गते आईतबार

अस्थायी सवारी चलक अनुमति पत्र दिने तयारीमा सरकार

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन ७
four-wheeler-licence-trial

काठमाडौं – सरकारले अस्थाई सवारी चालक अनुमति पत्र दिने तयारी थालेको भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले बताएका छन्। सवारी चालक अनुमतिपत्रको परीक्षा पास गरेका सेवाग्राहीलाई एक वर्ष सम्मका लागि वा स्मार्ट लाइसेन्स नआउँदासम्म अस्थायी कार्ड पाउने उनले बताएका हुन्।

आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री ज्वालाले यस्तो तयारी भइरहेको जानकारी दिएका हुन्।

‘स्मार्ट लाइसेन्स कार्डका बारेमा गुनासाहरू आइरहेकै छन्,’ मन्त्री ज्वालाले भने, ‘स्मार्ट कार्डको समस्यालाई छिटोभन्दा छिटो समाधान गर्ने योजना छ साथै स्मार्ट लाइसेन्स कार्ड प्राप्त नहुँदासम्म अस्थायी कार्ड वितरण गर्ने गरी तयारी पनि गरिरहेका छौं।’

लाइसेन्सका बारेमा सरकारले बैकल्पिक व्यवस्था गर्न नसक्दा बैंकमा तिरेको बिललाई नै लाइसेन्सको रुपमा प्रयोग गरिँदै आइरएको थियो। त्यस्तै, मन्त्री ज्वालाले .इम्बोस्ड नम्बर प्लेटको सन्दर्भमा पनि व्यवसायीले अग्रसर हुनुपर्ने बताएकी छन्।

‘इम्बोस्ड नम्बर प्लेट प्रणालीलाई बेवास्ता गर्ने भन्दा पनि अब त्यसलाई अनिवार्य पनि गर्नुपर्नेछ। सुरक्षाको हिसाबले पनि यो सरकारको महत्त्वपूर्ण आयोजनाका रूपमा छ। यो कार्यक्रमलाई पनि हामीले सम्पन्न गर्नुपर्छ,’ उनले भने ।

उनले यातायातका सबै काम डिजिटल गर्ने काम अघि बढेको ताइरहेका छन्। ‘हामी आम रूपमा सबै अनलाइन पेमेन्ट सिस्टममा लैजाँदैछौं। त्यस्तै तपाईं हामी मिलेर अनलाइन टिकेटिङमा पनि जाऔँ। एयरलाइन्स जस्तै लोकल बसमा सम्भव नहोला कमसेकम लामो दुरीका बसहरूमा हामीले त्यो सेवा पनि उपलब्ध गराउन सक्छौं,’ उनले भने।

प्रकाशित: २०८० साउन ७ गते आईतबार ०३:२८
प्रतिक्रिया

थप समाचार

लाइसेन्समा घोटाला गरको भन्दै यातायातका डीजीलाई कालोमोसो

काठमाडौँ- यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालमाथि दुर्व्यवहार भएको छ। क्रान्तिकारी युवा संगठनले लाइसेन्स घोटालामा संलग्न भएको आरोप लगाउँदै उनलाई सोमबार कालोमोसो दलेर...

इम्बोस्ड नम्बर प्लेट नेपालीमा छाप्न तथ्यांक खोज्दै यातायात 

काठमाडौँ- लामो समयको अन्यौलका बीच इम्बोस्ड नम्बर प्लेटमा नेपाली भाषा प्रयोग गर्ने सरकारको निर्णयपछि त्यसको कार्यान्वयनका लागि तयारी अघि बढाइएको छ। यातायात व्यवस्था विभागले सवारी साधनमा...

यातायात कार्यालयमा बिचौलिया हाबी, अनलाइन प्रणालीबाटै मौलाउँदैछ ठगी

'कति छाडा हुन् सरकारी कर्मचारी' भन्दै झोँक्किएका ती सेवाग्राहीलाई थामुथुम गर्दै बिचौलिया भन्छन्, 'उनीहरु त त्यहाँका हाकिम हुन्। माधव नेपालको पावर लगाएर आएका हुन्। कसले गर्ने सरुवा! अब त फेरि...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना