२०८३ कार्तिक ११ गते मङ्गलबार

कांग्रेसमा एक्जिट पोलेसी आवश्यक छ

 |  विश्वप्रकाश शर्मा
Sanket

विश्वप्रकाश शर्मा

काठमाडौँ, साउन ८
bishwa

कुनै पनि राजनीतिक दल त्यो दलका सदस्यको मात्रै हुन सक्दैन। सिंगो समाजको चासो हुन्छ। कांग्रेस सबै जनतालाई आफ्नो सदस्य ठान्छ र जे छ जस्तो छ सम्मान गर्छ। संघमा हामी र ४ मुख्यमन्त्री सहित सरकारमा छौं। बैठक लाइभ हुँदै गर्दा कांग्रेसभित्रका विवाद बाहिर रहे। सभापति, महमन्त्रीका कमजोरीबारेमा प्रश्न, गुनासा र प्रहार पनि आए। नेपाली कांग्रेसले लाइभ गरेपछि यसको आकर्षण अन्य दलमा पनि गएको छ। लाइभ गर्ने कुरा नयाँ रहेन।

बैठक आन्तरिक कुरा बाहेक निर्वाचन प्रणालीको कुरा पनि उठ्यो। कृषि, किसानको मुद्दा उठेको छ। शैक्षिक क्षेत्रका बारेमा पनि यहाँ चर्चा भएको छ। भ्रष्टाचार प्रतिको चिन्ता, सुशासनको खोजी बैठकमा भएको छ। तर यो बैठक सक्दै गर्दा मिसन २०८४ लाई घोषणा हुँदैन। २०८४ सालमा ७, ४७ वा ६३ जस्तो केही हुँदैन। त्यो सालमा चुनाव मात्रै हुँदैछ।

अहिले हामी देशका बारेमा सोच्नुपर्नेछ। त्यसमै पार्टीमा छ। पुरानाो दलका दिन गए भनेर कतिपयले भनेका छन्। यो पृथ्वी पनि पुरानो हो, धर्मशास्त्र पनि हो। संस्था र व्यक्तिबीचमा फरक हुन्छ। संस्था परिष्कृत भइरहन्छ र नेतृत्वमा मान्छे आइरहन्छन्।

कांग्रेसका संस्थापकहरु अहिले हुनुहुन्न। अहिले भएका हरु संस्थापक हुनुहुन्नथियो। हामी केही नवितनामा जानुपर्ने आवश्यकता नै छ। जगेडामुखी अभियानमा अन्त्य हुनुपर्छ। पद अनुसारको जिम्मेवारी छैन। सहमहामन्त्रीज्यूहरुलाई काम गरौं केन्द्रीय सदस्यहरुको हात खाली नराखौं।

युवाहरुको उद्यमशीलताको अभियान चलाउनुपर्छ। प्रदेश कार्यसमिति मार्फत भातृसंस्थाको पूर्णता दिने गरी जानुपर्छ। शारीरिकरुपमा आक्रमणका कुरा आएका छन्। यसले असर गरेको छ। यदि कसैले कानूनलाई हातमा लिने काम भयो भने सदस्यता खारेज गर्ने गरी जानुपर्छ।

विदेशका नेपालीहरुलाई मतदानको अधिकार दिने कुरा निर्वाचन आयोगले अघि बढाउँदैछ। सबैलाई समन्वय गर्न संयन्त्र बनाउन पर्छ। बाहिर रहेका समुदायका बारेमा एउटा परियोजना बनाउनुपर्छ। पार्टीका अधिवेशनमा एउटा तहमा पराजित साथीलाई माथिको तहमा मनोनित गर्ने कुरा ठीक होइन। एउटा तहमा उपविजेता भएका मान्छेलाई त्यही तहमा सिमित गर्नुपर्छ। महामन्त्रीका कमोजरीका विषयमा उठेका विषय आत्मसात गर्छु।

शेखर कोइरालाले भन्नुभयो अन्य दलको विषयमा नबोल्नु भन्नुभयो। त्यो चिटमा त्यस्तो छैन। कार्यतालिकाको कार्यान्वयन हुन सक्ला भनेर प्रश्न गर्नुभएको छ। हामीले कार्यान्यवन गर्ने हो आशंका होइन, अठोट गरौं। प्रदेश समितिलाई काम खोइ भन्ने आएको छ।

निर्धारित कार्यक्रम सम्बन्धित प्रदेशको नेतृत्वमा काम अघि बढ्छ। जिल्ला सभापतिको भेलाका बारेमा प्रश्न उठेका छन्। त्यो कुनै भेला थिएन। केन्द्रीय कार्यालयको जिम्मेवारी हाम्रो हो। सोध्ने हाम्रो जिम्मेवारी हो। त्यो नियमित काम हाम्रो हो। ९ सय क्रियाशील भएको वडा २ सय मत आयो भन्ने कुरा आयो। थुप्रै ठाउँमा भएको भनिएको छ। कुनै ठाउँमा भएको छ भने त्यसलाई सच्चाउनुपर्छ।

अब बैठक भएको बेला मात्र होइन सभापतिलाई केन्द्रीय कार्यालयमा भेटिनुहुन्छ। घरमा म राजनीतिक भेटघाट गर्दिनँ। काठमाडौं भएका बेला म केन्द्रीय कार्यालय भएको छु। पर्याप्त छैन। पुस १० गते सरकार बन्दै गर्दा महामन्त्री पोखरा थिए भन्ने आयो। त्यो मिति ११ थियो।

मुलुकमा अस्थिरता हुन नदिने हाम्रो कर्तव्य हो। यो भन्दा बाहिरका दलसँग हामी टाँसिन जान हुँदैन। ०८४ को चिन्ता ०८३ मा गरौं। अर्को चुनावमा गठबन्धन होला नहोला अहिले नसोचौं। त्यो बेला नयाँ कार्यसमिति आउला। सरकारको डेलिभरीमा ध्यान दिनुपर्छ। नागरिकता विधेयकमा जस पाएको छ। दोस्रो कुरा १० हजार मेगावाट बेच्ने कुराको तागत हामीले बनायौं।

भ्रष्टाचारविरुद्धको फाइल खुलेका छन्। व्यक्ति को परे को पर्दैछन् भन्ने कुरा फरक हो। फाइल खुल्ने तागतका पछि कांग्रेस छ। अख्तियार कसले गठन गर्‍यो। भ्रष्टाचारका फाइल खुल्नुको तागत कांग्रेस हो भन्ने कुराको जस किन नलिने। हामीले बनाएको कानून अनुसार हाम्रै नेता पर्नुभयो भने हामीले कानून कमजोर बनाएनौं भन्ने हो। कसले निलम्बन गर्‍यो/गरेन भन्ने कुरा ठूलो होइन। हामी जोगाउन लाग्यो वा छानबिनमा सहयोग पुर्‍यायौं भन्ने महत्वपूर्ण हो।

आलोचनाका विषय थुप्रै आएका छन्। सभापतिलाई गाली गरेर खुइल्याएर भन्ने शब्दावली आएका छन्। गाली र आलोचनाको व्याख्या बुझ्नोस्। आलोचना र गालीबीचमा फरक हुन्छ। यो कांग्रेस पार्टी हो। प्रतिस्पर्धा नभएको कम्युनिस्ट पार्टी होइन। यो त्यो दल हो कांग्रेसभित्र कमजोरी हुँदा आलोचना हुन्छ। विधानअनुसार काम गरौं भन्दा गाली गरेको हुन्छ? सभापतिले त्यसलाई गाली गरेको ठान्नुभएको छैन साथीहरुले गाली गरेको भन्नुहुन्छ।

समावेशिताको हेक्का राख्न नसकेको देखिएन भनेर औंल्याउनु खुइल्याउनु होइन। सभापतिले मेरो छाया जस्तै भएर साथ दिएका साथीहरुले मेरो एना जस्तो भएर साथ किन नदिएको भनेर सोध्नुपर्छ। रुपान्तरण अभियानबाट आएका सुझावहरु पनि कांग्रेसले ग्रहण गर्नुपर्छ।

राजनीतिको रुपान्तरणका लागि एक्जिट पोलिसी आवश्यक देखियो। त्यो भएको भए सभापतिजी धेरै वर्ष रिटायर हुनुहुन्थ्यो। कांग्रेसले एज होइन एजेन्डाको कुरा प्रधान हो। तर एक्जिट पोलेसी आवश्यक छ। त्यो भयो भने छाड्नुस् सभापतिजी भनिरहन पर्दैन।

(कांग्रेस केन्द्रीय समिति बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले राखेको मन्तव्य)

प्रकाशित: २०८० साउन ८ गते सोमबार ०५:२४
प्रतिक्रिया

थप समाचार

रेमिटेन्सले उज्यालिएको घर, उजाडिएको गाउँ

एउटा समय थियो सबै आधारहरू हामीसँग थिए, तर आर्थिक आधार हाम्रो कमजोर थियो। अहिले अवस्था उल्टिएको छ। आर्थिक आधार पहिलेभन्दा राम्रो छ, तर अरू सबै आधारहरू कमजोर र धराशयी बन्दै गएका छन्।

डिजिटल युगमा समाजः एआईले मौलिक पहिचान र स्थानीय ज्ञानको सीमान्तीकरण हुने खतरा

मानव सभ्यताको विकासक्रममा प्रविधि र समाज सधैं एक अर्काका परिपूरक रहँदै आएका छन्। औद्योगिक क्रान्तिदेखि सूचना प्रविधिको विकाससम्म आइपुग्दा समाजले अनेकौं फड्को मारेको छ। तर, एक्काइसौं शताब्दीको...

इन्द्रजात्रासँग जोडिएका मिथ र तिनको ऐतिहासिक–व्यावहारिक सत्यता

काठमाडौँमा नेवार समुदायको परम्परागत र सांस्कृतिक रूपमा अत्यन्त ठूलो महत्व बोकेको इन्द्रजात्रा (येँयाः पुन्हि) बारे विभिन्न पौराणिक मान्यता, जनश्रुति (पुरानो भनाइ) तथा ऐतिहासिक सत्यताहरू जोडिएका...

भोटेकोशीको कहरपछि उद्धारका ११ दिन: जंगलदेखि सुरुङसम्मको खोजी यात्रा

सुरुङभित्रको कठिन खोजी तथा उद्धार कार्य अर्को चुनौतीपूर्ण अध्याय थियो। खोजीको सबैभन्दा चुनौतीपूर्ण चरण आयोजनाका भूमिगत संरचनामा प्रवेश गरेपछि सुरु भयो। डिस्यान्डर बेसिनमा पानी जमेको थियो।...

‘देश संकटमा छ, पीडितको आँसु पुछ्ने हात बनौँ’

नेपाल अहिले कठिन समयबाट गुज्रिरहेको छ। बाढी, पहिरो र प्राकृतिक विपत्तिले देशका विभिन्न भूभागमा ठूलो जनधनको क्षति पुर्‍याएको छ। कतै घर बगेका छन्, कतै परिवारका सदस्य हराइरहेका छन्, कतै आफ्नै...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना