काठमाडौँ- लघुवित्तीय संस्थाबाट पीडितहरूको प्रदर्शनमा ठेलमठेल भएको छ। माइतीघरबाट प्रदर्शन गर्दै नयाँ बानेश्वरस्थित संसद भवन घेराउका लागि पुगेका प्रदर्शनकारीलाई प्रहरीले रोक्न खोजेपछि ठेलमठेल भएको हो।
प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि ठेलमठेल भएको हो। केही प्रदर्शनकारीहरूलाई प्रहरीले पक्राउसमेत गरेको छ।
लघुवित्तीय संस्थाविरूद्धको संघर्ष समिति नेपाल केन्द्रीय समितिले लघुवित्त संस्थाहरू खारेज गर्नुपर्ने, संस्थाले लगाएको सामूहिक ऋण मिनाहा गर्नुपर्ने, गरिब किसानहरूलाई ऋण नि:शुल्क प्रदान गर्नुपर्ने माग गर्दै प्रदर्शन गर्दै आएका छन्।









