काठमाडौँ- अमेरिकाको न्युयोर्कस्थित रूबिन म्युजियमको सहयोग नलिन माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन गरिएको छ। काठमाडौंको इतुंबहाःमा रुबिनको सहयोगमा संग्रहालय खोल्न लागिएको भन्दै सम्पदा अभियानकर्मी एवं स्थानीयले असन चोकमा विरोध प्रदर्शन गरेका हुन्।
‘नेपालको पहिलो विहार संग्रहालय’ भनेर खोल्न लागिएकोमा नेपाली विहारमाथिको विदेशी हस्तक्षेप भएको भन्दै उनीहरूले विरोध गरेका हुन्।
नेपालबाट चोरी गरेर अमेरिका पुर्याइएका नेपालका पुरातत्त्व र पहिचानका मुर्तिदेखि अन्य सामग्री न्यूयोर्कस्थित रुबिन म्युजियम अफ आर्टले आफ्नो सङ्ग्रहालयमा पहिल्यै राखेकाले छवि राम्रो नभएकाले सहयोग लिन नहुने अभियन्ताको माग छ।
रुबिनले सङ्ग्रह गरेका सामग्री चोरिएका सम्पदा भएकाले पनि यसको छवि पहिल्लै बिग्रेको अभियन्ता गणपति लाल श्रेष्ठ बताउँछन्।











