काठमाडौँ– सुन तस्करी प्रकरणको छानबिन गर्नका लागि समिति बनाउने पर्ने एमालेको अडानका कारण संसद बैठक स्थगित भएको छ। मंगलबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित भएको संसद सचिवालयले जानकारी दिएको हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयबाट साउन २ गते बाहिरिएको एक क्विन्टल सुनको विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उच्च स्तरीय छानबिन समितिको माग पूरा नभएसम्मका लागि बैठकमा अवरोध सिर्जना गर्ने तयारी गरेको थियो। सुनकाण्डको छानबिन गर्न समिति बनाउने पक्षमा सत्तापक्ष तयार भएको छैन।
आइतबार र सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा सदनको अवरोध हटाउनेबारे छलफल भएको थियो।


