२०८३ कार्तिक ११ गते मङ्गलबार

बजेटको व्यवस्थालाई प्रचण्डको निर्देशन भन्दै अनावश्यक हो-हल्ला

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, चैत १२
TU CRICKET

काठमाडौँ- केही दिन अघि नेपाली राष्ट्रिय क्रिकेट टिमले युएईलाई हराउँदै आईसीसी विश्वकप लिग-२ को तेस्रो स्थानमा रहँदै सिधै ग्लोबल छनोटमा आफ्नो स्थान बनायो। त्यसपछि नेपाली सरकारले विजयी खेलाडीलाई तीन तीन लाख पुरस्कारको घोषणा गरेको छ। यसकारण अहिले क्रिकेट खेलाडीलाई पुरस्कार दिने होडबाजी देशभर छ।

यस्तै, चर्चामा रहेको विषय हो त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट जडानको विषय पनि। प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले फ्लड लाइट हाल्नको लागि निर्देशन दिएको भन्दै अहिले सामाजिक सञ्जालमा उनको बडाइ चढाई गरी प्रचार गरिँदै आएको छ।

त्रिवि मैदानमा फ्लड लाइट हाल्ने विषय नयाँ भने होइन। यो विषय चालु आर्थिक वर्षकै बजेटमा व्यवस्था भएको कुरा हो। यो आर्थिक वर्ष २०७९/८० को बजेटको बुँदा १९६ मै यो कुरा प्रष्टसँग लेखिएको छ।

‘कीर्तिपुर अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा रात्रिकालिन खेल खेलन सकिने गरी स्तरोन्नति गर्न आवश्यक रकम विनियोजन गरेको छु,’ बजेटमा लेखिएको छ। त्यति मात्र नभएर बजेटमा त मूलपानी रंगशालाको निर्माणकार्य यो वर्षमै सकिने भन्ने कुरा पनि उल्लेख गरिएको छ।

त्रिवि मैदानमा फ्लड लाइट हाल्ने विषय नयाँ भने होइन। यो विषय चालु आर्थिक वर्षकै बजेटमा व्यवस्था भएको कुरा हो। यो आर्थिक वर्ष २०७९/८० को बजेटको बुँदा १९६ मै यो कुरा प्रष्टसँग लेखिएको छ।

त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट राख्नको लागि नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय खेलकुद परिषद्को पहलमा लामै समयदेखि मन्त्रालय र मन्त्रिपरिषद्लाई गहिरिरहेको थियो। त्यसैले अघिल्लो पटकका युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज ‘अथक’ले नै त्रिवि मैदानमा गएको मंसिरसम्ममै फ्लड लाइट जडान सम्पन्न हुने बताएका थिए।

यता नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारी पनि सो अवधिमा फ्लड लाइट जडान हुनेमा ढुक्क थिए। तर सरकारी ढिलासुस्तीका कारण काम भएन। अहिले भने बजेटमा उल्लेख भएर काम सकिइसक्नु पर्ने अवस्थासम्म पनि काम नहुँदा प्रधानमन्त्रीले प्रचण्डले नै यो काम गर्न लागाएका हुन् भनेर देखाउने माओवादी कार्यकर्ता उद्यत देखिन्छन्।

यस्तैमा प्रचण्डकी छोरी गंगा दहालले त्रिवि मैदानमा फ्लड लाइट जोडिएको भन्दै अफवाह नै फैलाइन्। उनले सामाजिक सञ्जालमा त्रिवि मैदानमा लाइट जोडिएको भनेर डिजाइन गरिएको तस्विर राख्दै आफ्ना पिता प्रचण्डलाई धन्यवाद दिन दिइसकेकी छन्। तर उनको त्यो पोस्टको आलोचना हुन लागेपछि फेसबुक पोस्ट सच्याएकी छन्।

आइतबार दिउँसो ३:१६ मा  गंगाले लेखेको स्टाटमा कीर्तिपुर क्रिकेट मैदानमा फ्लड लाइट जडान भइसकेको उल्लेख छ। ‘सम्माननीय प्रधानमन्त्री प्रचण्डको निर्देशनमा कीर्तपुर क्रिकेट मैदानमा फ्लड लाइट जडान कार्य सम्पन्न,’ उनको उक्त पोस्टमा लेखिएको छ। पोस्टमा मैदानमा फल्ड लाइट जडान गरिएको झल्को दिने गरी फोटोसप गरी बनाइएको तस्बिर पनि राखिएको छ। तर अफवाह फैलाएको भन्दै आलोचना भएपछि गंगाले ३:४२ मा पोस्टलाई ‘एडिट’ गरेकी छन्।

सरकारले आर्थिक वर्ष २०७९–०८० को बजेटमा कीर्तिपुर मैदानमा फ्लडलाइट जडानका लागि १० करोड रुपैयाँ विनियोजन गरेको छ। दशरथ रंगशाालमा यो काम चीनले गरिदिएको थियो।


प्रकाशित: २०७९ चैत १२ गते आईतबार ०५:४८
प्रतिक्रिया

थप समाचार

एनपीएलका लागि ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौँः नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै एक्सट्रीम इनर्जी ड्रिङ्कले देशका ९ सहरमा १० वटा फ्यान जोन सञ्चालन गर्ने भएको छ। कात्तिक ९ देखि मंसिर ५ गतेसम्म हुने एनपीएलका...

एनपीएल क्रिकेट: जनकपुर टस जितेर फिल्डिङमा

काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो दिनको दोस्रो खेलमा अहिले जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय...

रसेल र लोकेशको आक्रामक ब्याटिङका बाबजुद विराटनगर पराजित, चितवन ८ रनले विजयी

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा चितवन राइनोजले विराटनगर किंग्सलाई ८ रनले पराजित गरेको छ। खेलको अन्तिम चरणमा विराटनगरले लगातार विकेट गुमाउँदा जितको नजिक पुगेर पनि हार...

टस जितेर विराटगरले चितवनलाई दियो पहिले ब्याटिङको निम्तो

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा विराटनगर किङ्ग्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा विराटनगरले...

एनपीएल क्रिकेट : आज दुई खेल हुँदै 

काठमाडौं। राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा मध्यान्ह १२ बजे चितवन राइनोज र विराटनगर...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना