काठमाडौँ– गत आर्थिक वर्षमा आफूहरूले गरेको कामको भुक्तानी माग गर्दै निर्माण व्यवसायीको तेस्रो चरणमा प्रवेश गरेको छ।
तेस्रो चरणको आन्दोलन अर्न्तगत सरकारी कार्यालयमा ताला लगाई धर्ना दिनका लागि सिँचाई र सडक विभाग पुगेका निर्माण व्यवसायीलाई प्रहरीले पक्राउ गरेको हो।
जबरजस्ती ताला लगाएको भन्दै प्रहरीले दुई कार्यालयबाट ४५ जनालाई नियन्त्रणमा लिएको हो। उनीहरूले तालाबन्दीसँगै ती कार्यालयमा धर्ना पनि दिएका थिए।
नयाँ आर्थिक वर्ष सुरु भएको एक महिना बित्दा पनि सरकारले आफूहरूलाई रकम भुक्तानी नगरेको व्यवसायीको आरोप छ।


















