काठमाडौँ– काठमाडौँ उपत्यका लगायत देशका अधिकांश ठाउँमा आइतबार दिनभरजसो वर्षा भइरह्यो। यस्तो झरी सोमबारसम्म रहने जल तथा मौसम विभागले जानकारी दिएको छ।
केही दिन अगाडि मात्र उपत्यकामा निरन्तर पानी परेकोले बागमती, विष्णुमति र धोबीखोलामा पानीको बहाव उच्च थियो। कतिपय स्थानमा बाढी पनि पसेको थियो।
शनिबार अकस्मात बाढी आउँदा दुई जना बालक बल्खुखोलामा फसेका थिए। उनीहरूको उद्धार भएको थियो।
शनिबारदेखि परिरहेको पानीले फेरि नदीको स्तर बढाउने हो कि भन्ने चिन्ता सुरु भएको छ। तैपनि साउने झरी नभनी मानिसहरू आफ्नो काममा व्यस्त छन्, गन्तव्यमा पुग्न तल्लीन छन्।
हेरौँ केही तस्बिर:















-नेपाल फोटो लाइब्रेरी


