२०८३ कार्तिक १२ गते बुधबार

पोर्चुगलबाट भर्चुअल नेपाली पाठशाला चलाउँदै नारी समाज

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, चैत १३
balbalika-1
नेपाली नारी समाजले सन् २०१४ मा चलाएको नेपाली पाठशालामा बालिबालिका।

लिस्बन- विदेशी भूमिमा रहेका नेपाली बालबालिकालाई लक्षित गरेर नेपाली पाठशाला सञ्चालन गरिने भएको छ। नेपाली नारी समाज पोर्चुगल र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) पोर्चुगलले संयुक्त रूपमा नेपाली पाठशाला सञ्चालन गर्ने भएको हो।

विदेशमा जन्मेका र हुर्केका नेपाली बालबालिकालाई नेपाली भाषा, कला र संस्कृति सिकाउने उद्देश्यअनुरूप नेपाली पाठशाला सञ्चालन गर्न लागिएको नारी समाज पोर्चुगलकी अध्यक्ष सीता श्रेष्ठ शिवानीले जानकारी दिइन्। ‘विदेशी भूमिमा हुर्केका नयाँ पुस्तालाई नेपाली भाषा र नेपाली संस्कृति सिकाउनु हाम्रो दायित्व हो, प्रवासमा रहेका बालबालिकामा नेपालीपनको भावना जागृत गराउने र नेपाली भाषा कला र संस्कृतिको संरक्षण, संवर्द्धन तथा प्रवर्द्धन गर्ने हाम्रो मुख्य उद्देश्य हो,’ श्रेष्ठले भनिन्।

भर्चुअल माध्यम जुममार्फत नेपालबाट सञ्चालन गरिने पाठशाला यही नयाँ वर्ष २०८० को आरम्भसँगै सुरु हुने बताइएको छ। पाँचदेखि १० वर्ष उमेर समूहका बालबालिकालाई सहभागी गराइने पाठशाला साताको प्रत्येक शनिबार सञ्चालन हुनेछ। समय अनुकूल मिलाएर विश्वका जुनसुकै मुलुकमा रहेका नेपाली बालबालिकालाई पाठशालामा सहभागी गराउन सकिने समाजले जनाएको छ। श्रेष्ठकाअनुसार पाठशालामा नेपाली भाषासम्बन्धी आधारभूत, सैद्धान्तिक, व्यावहारिक र नेपाली संस्कृतिसम्बन्धी अध्यापन गराइनेछ।

अनुभवी नेपाली शिक्षिकामार्फत कखरादेखि नेपाली शब्द, वाक्य, अङ्क लेखन र उच्चारण तथा नेपाली भाषा, कला र संस्कृति सिकाइने अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज पोर्चुगलकी अध्यक्ष श्रेष्ठले बताइन्। पाठशाला नेपाली समयअनुसार दिउँसो २:४५ बजे र पोर्चुगलको समयअनुसार बिहान ९:०० बजे सञ्चालन हुनेछ।

विदेशी भूमिमा हुर्केका नेपाली बालबालिकालाई पाठशालामा सहभागी गराउन समाजले नेपाली समुदायसँग आग्रह गरेको छ।

प्रकाशित: २०७९ चैत १३ गते सोमबार ०६:५९
प्रतिक्रिया

थप समाचार

एनआरएनए स्थापना दिवसः जापानमा एकता, सहकार्य र संस्थागत सुदृढीकरणमा जोड

टोकियो, जापान: गैरआवासीय नेपाली संघ (एनआरएनए) को स्थापना दिवसका अवसरमा जापानमा रहेका नेपाली समुदायबीच एकता, सहकार्य र आपसी सद्भावलाई थप सुदृढ बनाउनुपर्ने आवश्यकता देखिएको बिषयमा अन्तरक्रिया...

मलेसियामा सीमित संस्थामार्फत कामदार पठाउने व्यवस्थाप्रति संघको आपत्ति

काठमाडौं। नेपाल वैदेशिक रोजगार व्यवसायी संघले मलेसियाको ‘एफडब्लुसीएमएस’ प्रणालीअन्तर्गत सीमित नेपाली वैदेशिक रोजगार व्यवसायी संस्थालाई मात्र सूचीकृत गरी नेपाली श्रमिक पठाउने व्यवस्था...

नेपालसहित ५० देशका नागरिकलाई अमेरिकाद्वारा २० हजार डलरसम्मको भिसा बन्ड अनिवार्य

काठमाडौँ: अमेरिकाले पर्यटक तथा व्यावसायिक प्रयोजनका लागि दिइने बी–१÷बी–२ भिसाका आवेदकमध्ये ५० देशका नागरिकका लागि १० हजारदेखि २० हजार अमेरिकी डलरसम्मको भिसा बन्ड अनिवार्य गरेको छ। नयाँ व्यवस्थामा...

मलेसियाको रोजगारीमा २५ म्यानपावरलाई मात्र अनुमति दिने व्यवस्था स्वीकार्य छैनः पूर्वअध्यक्ष वाग्ले

काठमाडौं। वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष हंसराज वाग्लेले वैदेशिक रोजगार क्षेत्रमा विभिन्न नाममा सिन्डिकेट कायम रहेको भन्दै त्यसको अन्त्य गर्नुपर्ने बताएका छन्। रिपोर्टर्स...

घले दम्पतिले दिने भए भोटेकोशीका बाढीपीडित बालबालिकाका लागि ५७ करोड ८५ लाख

सिड्नी। भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको शिक्षा र आधारभूत आवश्यकता पूरा गर्न एमआईटी ग्रुप फाउन्डेसनले ५७ करोड ८५ लाख रुपैयाँसम्म खर्च गर्ने प्रतिबद्धता जनाएको छ। राष्ट्रिय बाल अधिकार...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना