काठमाडौँ- ब्राजिलियन स्टार नेयमार साउदी अरेबियाको क्लब अल हिलाल जाने भएका छन्। नेयमारले क्लबसँग दुई बर्षको सम्झौता गरेका हुन्।
फ्रेन्च क्लब पिएसजी छोड्ने निश्चित भएपछि उनी अल हिलालसँग आबद्ध भएका हुन्।
नेयमारलाई भित्र्याउने अल हिलालले ९ करोड युरो अफर गरेको बताइएको छ। उनी २०२५ को जुन ३० सम्म अल हिलालमा रहने भएका छन्। पिएसजीमा नेयमारको वार्षिक तलव २ करोड ५० लाख युरो थियो।
अल हिलालले नेयमारलाई यसै साता सार्वजनिक गर्ने तयारी गरेको छ। अल हिलालबाट पनि उनी जर्सी नम्बर १० मा मैदानमा उत्रनेछन्।
नेयमारले पिएसजीबाट १७३ खेल खेलेका छन्। यी खेलमा उनले ११८ गोल गरेका छन्। क्लबलाई उनले १३ ट्रफी जिताएका छन्।


