२०८३ कार्तिक १२ गते बुधबार

शालिक अनावरण गर्दै राष्ट्रपतिले भने- नवीन्द्रको छवि आदर्श राजनीति चाहनेका लागि आशाको दियो हो

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, चैत १३
nabindra
नवीन्द्रराज जोशीको शालिक अनावरणपछि माल्यार्पण गर्दै राष्ट्रपति पौडेल। तस्बिर : राष्ट्रपतिको सचिवालय

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेसका दिवंगत नेता एवम् पूर्वमन्त्री नवीन्द्रराज जोशीको शालिक अनावरण गरेका छन्। काठमाडौँ हनुमानढोका पछाडिपट्टि नवनिर्मित शालिक सोमबार बिहान अनवारण गर्दै उनले नेता जोशीको योगदान पनि स्मरण गरेका थिए।

‘नवीन्द्रको अनुकरणीय विशेषता योग्यता मात्र थिएन। आचरणशील र इमान्दारी पनि उनका अनुकरणीय विशेषता हुन्। योग्यता, आचरणशील र इमान्दारी यी तीनै कुराको बराबरी संगम रहेका विरलै मानिसमध्ये नवीन अब्बल दर्जामा थिए,’ राष्ट्रपतिले गरेको सम्बोधनमा उल्लेख छ।

नवीन्द्रको असामयिक निधनले देश र आफ्नो परिवारलाई पनि अपूरणीय क्षति पुगेको राष्ट्रपतिले उल्लेख गरेका थिए। ‘नवीन्द्रको असामयिक निधन मुलुक, नेपालको प्रजातान्त्रिक आन्दोलन, एउटा सिद्धान्तनिष्ठ राजनीति, संगठन, जोशी परिवार र मेरा लागि पनि अपूरणीय क्षतिको रूपमा रहेको मैले महसुस गरेको छु,’ उनले स्मरण गरे। समाजमा र राजनीतिमा सदाचारको खडेरी पर्न थालेको विषयमा चिन्ता प्रकट भइरहेका बेला नवीन्द्रले आफ्नो चरित्रमा कतै दाग लाग्न नदिएको उनले स्मरण गरे। ‘उनको यो छवि सदाचारी तथा आदर्श राजनीति चाहने जो कोहीका लागि आशाको दियो हो,’ उनले भनेका छन्।

यस्तो थियो राष्ट्रपतिको सम्बोधन
सर्वप्रथम पूर्वमन्त्री नवीन्द्रराज जोशीको शालिक अनावरण कार्यक्रममा प्रमुख अतिथिका रुपमा आमन्त्रण गर्नु भएकोमा यस कार्यक्रमका आयोजक, शालिक निर्माण समिति एंव प्रतिनिधिसभा सदस्य सपना राजभण्डारीप्रति धन्यवाद प्रकट गर्न चाहन्छु।

आफ्नो राजनीतिक विचार र आस्थाप्रति सधैँ इमान्दार र निष्ठावान भई त्यसैका माध्यमबाट नेपाली जनता, समाज र राष्ट्रको सर्वाङ्गिण विकासका लागि जीवनभर एउटा इमान्दार सिपाहींको रुपमा काम गर्दा गर्दै असामयिक मृत्युवरण गर्नुभएका पूर्वमन्त्री नवीन्द्रराज जोशीप्रति म यस घडीमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। जोशीको शालिक निर्माणले उहाँले देश र जनताका लागि पुर्‍याउनुभएको योगदानलाई सदैव जीवन्त राख्नेछ । साथै, असल र इमान्दार एउटा राजनीतिज्ञको व्यक्तित्वबारे भावी पुस्तालाई जानकारी दिन तथा उनीहरुलाई सत्कार्य गर्न सधैँ प्रेरित गर्नेछ भन्ने मैले विश्वास लिएको छु।

मैले नवीन्द्रलाई सन्निकटमा रहेर चिन्ने र बुझ्ने मात्र होइन आफूले सुझाव, साथ र सहयोग गरेर एउटा जागरुक, उत्साही र कर्मठ व्यक्तित्व निर्माणमा सदैव उत्प्रेरित गर्ने अभिभावकका रुपमा जीवनपर्यन्त बाटो देखाउने मौका पाएँ। स्वतन्त्र विद्यार्थी आन्दोलनको गर्भबाट भर्भराउँदो र कलकलाउँदो मुना बनेर निस्केको नवीन्द्रको व्यक्तित्व शिक्षाका साथै विद्यार्थी संगठनको माथिल्लो नेतृत्व, महानगरपालिकाको उपप्रमुख, संविधानसभा सदस्य, सांसद र मन्त्रीका साथै गणेशमान सिंह अध्ययन प्रतिष्ठानको संस्थापक अध्यक्षजस्ता कयौँ सामाजिक संस्थाको आवद्धतासँगै राष्ट्रिय रूपमा बनाएको उचाई र छवि वर्तमान नेपाली समाजका लागि सदैव प्रेरणादायी छ भन्ने मलाई लाग्दछ।

नेपालको लोकतान्त्रिक आन्दोलनमा निर्भीक र निष्ठावान युवा नेताको नाम थियो नवीन्द्रराज जोशी। हाम्रो समाजमा र खासगरी राजनीतिमा सदाचारको खडेरी पर्न थालेको हो कि भनेर चिन्ता प्रकट भइरहँदा नवीन्द्रले विभिन्न ओहोदा, पद र संस्थामा रहँदा आफ्नो चरित्रमा कतै दाग लाग्न दिएनन्। उनको यो छवि सदाचारी तथा आदर्श राजनीति चाहने जो कोहीका लागि आशाको दियो हो। नवीन्द्रको अनुकरणीय विशेषता योग्यता मात्र थिएन। आचरणशील र इमान्दारी पनि उनका अनुकरणीय विशेषता हुन्। योग्यता, आचरणशील र इमान्दारी यी तीनै कुराको बराबरी संगम रहेका विरलै मानिसमध्ये नवीन अब्बल दर्जामा थिए।

नवीन्द्रको निष्ठा, प्रगतिशील दृष्टिकोण र सही कुराको पक्षमा दृढ रहने अडानका कारणले नवीन्द्र एक होनहार नेताका रुपमा देखिएका थिए। सरल, शालीन, मिलनसार, सहयोगी कुशल राजनीतिज्ञको छवि उनको पहिचान थियो।
राजनीति समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्छ। जनतासँगको निरन्तर सान्निध्यतासँगै उनीहरुको सुख दुःख बुझेर उनीहरुकै लागि सेवा गर्ने उच्चतम अठोट, प्रतिवद्वता र समर्पणबाट अभिप्रेरित हुनुपर्छ। जनतासँग निकटतम सम्बन्ध राख्ने र उनीहरुका सुख दुःख बुझ्ने नवीन्द्र यही दर्शनबाट प्रभावित थिए।

नवीन्द्रको असामयिक निधन मुलुक, नेपालको प्रजातान्त्रिक आन्दोलन, एउटा सिद्धान्तनिष्ठ राजनीति, संगठन, जोशी परिवार र मेरा लागि पनि अपूरणीय क्षतिको रूपमा रहेको मैले महसुस गरेको छु। मुलुक र समाज परिवर्तनका लागि सदैव दृढ संकल्पित सिद्धान्तनिष्ठ कार्यकर्ताका रुपमा उहाँले लोकतन्त्रलाई जीवनपद्धतिका रुपमा आत्मसाथ गरेर यसको संस्थागत विकासमा पुर्‍याउनुभएको योगदान भावी पुस्ताका लागि सदैव प्रेरणाको स्रोत रहिरहनेछ।

प्रकाशित: २०७९ चैत १३ गते सोमबार १०:३१
प्रतिक्रिया

थप समाचार

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...

चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने कांग्रेस बनाउँछु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र कांग्रेसलाई मत दिएर अहिले टाढिएका नागरिकसम्मका प्रश्नको सही र चित्तबुझ्दो जवाफ दिन सक्ने...

जीबी राईले भने- ‘नेपाल फर्कन तयार छु, रवि र छविलाई जोड्नु उचित होइन’

काठमाडौँ: सहकारी ठगी प्रकरणमा लामो समयदेखि फरार रहेका जिबी राईले आफू नेपाल फर्कन तयार रहेको बताएका छन्। उनले बचतकर्ताको रकम फिर्ता गर्न सरकारसँग सहकार्य गर्न चाहेको पनि उल्लेख गरेका छन्। सेतोपाटीलाई...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना