काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)ले ‘चौथो ब्रिटिसकप– २०२३ इन्टर कलेज फुट्सल टुर्नामेन्टको’ को आयोजना गर्ने भएको छ। आउँदो अगष्ट १७ र १८ तारिखकमा बालुवाटारस्थित ढुकु फुट्सल ग्राउण्डमा प्रतियोगिताकाेआयोजना गर्ने भएको हो
सन् २०१८ देखि कलेजले निरन्तर रुपमा आयोजना गर्दै आएको प्रतियोगितामा बिभिन्न कलेजहरुले सहभागिता जनाउने भएका छन् । यस पटक किङ्ग्स कलेज, थेम्स कलेज, एस बिजनेश स्कुल, क्याम्पियन, सेन्ट जेभियर्स, आई आई एमएस, सफ्ट्वेरिका, हेराल्ड केटीएम्, आर्ई एस्एम्टी, सिल्भर माउण्टेन, प्राइम्, एपेक्स, नाथम, केसीएम, ब्रिटिस प्रोफेशनल कलेज तथा आयोजक ब्रिटिस कलेजले प्रतियोगितामा सहभागिता जनाउने छन ।
प्रतियोगिताको बिजेताले १ लाख रुपैयाँ तथा उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन । त्यस्तै, व्यक्तिगत अवार्डतर्फ उत्कृष्ट खेलाडी तथा उत्कृष्ट गोलकिपरले जनही १०–१० हजार रुपैयाँ प्राप्त गर्नेछन ।
कलेजले प्रतियोगितालाई सभ्य र भब्य बनाउनको लागि विभिन्न संस्थाहरुसँग सहकार्य गरेको छ । यस पटकको शीर्ष प्रायोजक ग्रेश इन्टरनेशनल कन्सलटेन्सी रहेको छ ।
त्यस्तै, इन्स्योरेन्स पार्टनर मानेको इन्स्योरेन्स लिमिटेड, ई–कमर्श पार्टनरमा अरज, मोबिलिटी पार्टनरमा पठाओ, हस्पिटालिटी पार्टनरमा होटल कन्ट्रीभिला, मेडिकल पार्टनरमा वयोधा हस्पिटल्स, मिडिया पार्टनरमा हाम्रो खेलकूद र फुड पार्टनरमा एमके फुड प्रोडक्ट रहेका छन्। मेमो गार्डन, रेडमुन, आँखीझ्याल तथा शिव साउण्डले पनि प्रतियोगिताको लागि सहकार्य गरेका छन्।
प्रतियोगिताको बारेमा बोल्दै कलेजका मार्केटिङ हेड अमरदिप मण्डलले टिमवर्क तथा स्र्पोर्टस् म्यानसिप बृद्धिको लागि प्रतियोगिताको आयोजना गरिएको बताए । उनले भने, ‘फेरी पनि ब्रिटिस कपको आयोजना गर्न लाग्दा हामी पनि निकै उत्साहित छौ । यी दुई विशेषताहरु हाम्रो जीवनको हरेक चरणमा उत्तिकै आवश्यक छन् । त्यस्तै, कार्यक्रमलाई भव्य बनाउनको लागि सहकार्य गर्नु हुने सबै प्रायोजकहरुलाई धेरै धन्यवाद दिन चाहन्छु। सो दिन सबैको उपस्थितिको अपेक्षा गर्दछौं ।’


