काठमाडौँ– शिक्षामा निजीकरणका विरुद्ध ८ विद्यार्थी संगठनले सिट्ठी जुलुस लगाएका छन्। अखिल (क्रान्तिकारी) सहित ८ वटा विद्यार्थी संगठन संयुक्त रूपमा सिट्ठी बजाएर विरोध गरेका हुन्।
शिक्षामा निजीकरण र व्यापारीकरणको अन्त्य गरी शिक्षाको सम्पूर्ण दायित्व राज्यले बहन गर्ने गरी शिक्षा ऐन जारी गर्नुपर्ने उनीहरूको माग छ।
विश्वविद्यालयलगायत समग्र शैक्षिक क्षेत्रका समस्याको दिर्घकालीन समाधान गर्न माग गर्दै माइतीघरमा सिठ्ठी बजाएर प्रदर्शन गरेका छन्।



















