महेन्द्रनगर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा गए राती जंगली हात्तीको मृत्यु भएको छ।
शुक्लाफाँटा नगरपालिका–७ स्थित वातावरण मध्यवर्ती साुमदायिक वन कार्यालय परिसरमा रहेको शौचालयको सेफ्टी ट्यांकीमा परेर जंगली हात्तीको मृत्यु भएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोरकुमार मेहताले जानकारी दिए।
‘राती १२ बजेपछि जंगली हात्ती आएर सेफ्टी ट्यांकीमा पछाडिको खुट्टा परेर मृत्यु भएको देखिएको छ,’ प्रमुख संरक्षण अधिकृत मेहताले भने, ‘अहिले प्राविधिकसहितको टोली गएर घटनास्थल मुचुल्का संकलन गर्ने काम भइरहेको छ।’
उनले जंगली हात्ती बथानमा आएको हुन सक्ने बताउँदै मृत्यु भएको हात्ती एक्लै छुटेर त्यहाँ आएको आशंका व्यक्त गरे। ‘यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘विधि प्रक्रिया पु¥याएर हात्तीको दाहसंस्कार गरिनेछ।’



