२०८३ कार्तिक १७ गते सोमबार

द्रूतमार्ग निर्माणमा सेनाले किन गरिरहेको छ विलम्ब?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन ३२
fast-track
नेपाली सेनाले निमार्ण गरिरहेकाे काठमाडौं–तराई फास्ट ट्रयाक।

काठमाडौँ- गत वैशाखमा काठमाडौं–तराई फास्ट ट्रयाक(द्रुतमार्ग)को २ वर्ष ४ महिना म्याद थप गर्ने निर्णय गरिसकेको छ। वि.सं २०८१ मंसिरसम्म निर्माण सम्पन्न गर्नुपर्ने भए पनि सरकारले १९ महिना बाँकी छँदै २०८३ चैतसम्मका लागि म्याद थप गर्ने निर्णय गरेर सेनालाई सहज बनाइदिएको हो। द्रुतमार्गको काममा विलम्ब गरिरहेको सेनाले निर्धारित म्याद १९ महिना बाँकी छँदै थप म्याद लिने विषयमा बढी नै केन्द्रित हुँदा शंका गर्ने बाटो बनेको छ।

सेनाले सुरुमा ४ वर्षभित्र सम्पन्न गर्ने भन्दै २०७४ जेठ १४ मा द्रुतमार्गको काम सुरु गरेको थियो। समयमा नै काम सम्पन्न भएको भए २०७८ कात्तिकभित्र द्रुतमार्ग सञ्चालनमा आइसक्नुपर्ने थियो। तर विभिन्न कारण देखाउँदै सेनाले म्याद थपका लागि विभिन्न कारण देखाउने र त्यसमा सरकारलाई आश्वस्त पार्दै आएको छ। २०८१ मंसिरमा पनि सेनाले काम नसक्ने भएपछि वैशाखमै म्याद थपिदिएर सेनालाई सरकारले खुशी बनाएको छ। सरकारबाट पटकपटक म्याद थपको सुविधा लिएको सेनाको काम भने सन्तोजनक छैन।

सेनाले समयमा नै काम सक्ने विश्वासका कारण उसलाई द्रुतमार्ग बनाउने ठेक्का दिइएको थियो। तर सेनाले संस्थाप्रतिको आम विश्वास तोड्ने दिशामा काम गरिरहेको छ। निर्माणको काम थालेको ६ वर्ष बित्दा द्रुतमार्गको समग्र भौतिक प्रगति करिब २६ प्रतिशत मात्र छ।

द्रुतमार्गमा सेनाको कामका विषयमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले पनि असन्तुष्टि व्यक्त गर्न थालेका छन्। गत मंगलबार नेपाली सेनाका अधिकारीकै सामुन्ने मन्त्री ज्वालाले द्रुतमार्गको प्रगतिप्रति असन्तुष्टि जनाएका थिए। ‘द्रुतमार्गको काम द्रुत गतिमा हुनुपर्ने हो। तर प्रगति हेर्दा आशावादी हुने ठाउँ छैन,’ सेनाका अधिकारीहरुसँग उनले भनेका थिए।

निर्माणको काम थालेको ६ वर्ष बित्दा द्रुतमार्गको समग्र भौतिक प्रगति करिब २६ प्रतिशत मात्र छ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले द्रुतमार्गको विस्तृत अध्ययन प्रतिवेदन(डीपीआर) संशोधन गर्ने निर्णय गरिसकेको छ। यसअघि २ खर्ब १३ अर्ब संशोधित लागत अनुमान गरिएको द्रुतमार्गको डीपीआर संशोधनपछि २ अर्ब घटेर २ खर्ब ११ अर्ब हुने अनुमान गरिएको छ। डीपीआर संशोधन गरेपछि समय र लागत घट्ने बताइएको छ।

द्रुतमार्गमा कहिलेदेखि व्यावसायिक गुडान सुरु हुन्छ भन्ने प्रश्नमा सेना मौन छ। तोकिएको समयावधिभित्र सम्पन्न नभएको खण्डमा लागत अझ बढ्ने देखिन्छ। यसअघि नै सेनाले परियोजनाको लागत ४५ अर्ब रुपैयाँ बढाएर २ खर्ब ५८ अर्ब बनाउन सरकारमा लबिङ गरिरहेको छ। अहिलेकै गतिमा सेनाले काम गर्ने हो भने २०८३ को चैतमा पनि काम नसकिने र सेनाले फेरि म्याद थप गराउने जानकारहरू बताउँछन्। ठेक्का प्रक्रियालाई गति नदिने र जग्गा विवाद तत्कालै समाधान नगर्ने हो भने सेनाले पाएको थप समयमा पनि काम नसक्ने देखिन्छ। सेनाले यिनै कारण देखाउँदै म्याद थपको सुविधा लिँदै आएको छ।

द्रुतमार्ग आयोजनामा विभिन्न ठाउँमा सुरुङ बनाउनुपर्ने र अग्ला अग्ला पुलहरू निर्माण गर्नुपर्ने छ। आयोजनाका थुप्रै कामका लागि ठेक्का लाग्न बाँकी छ। पूरै आयोजनाको ठेक्का लिएको सेनाले टुक्राटाक्री कामका लागि अरु नै कम्पनीलाई ठेक्का दिँदै आएको छ। बाँकी ४ वटा प्याकेजको ठेक्का चालु आवभित्र गरिसक्ने सेनाको तयारी छ। काठमाडौँको प्रवेशबिन्दुको रूपमा रहेको खोकनामा जग्गाको विवाद कायमै छ।

यसअघि ७६.५ किलोमिटर हुने भनिएको द्रुतमार्ग पछिल्लो पटकको डीपीआर संशोधनसँगै ७२.५ किलोमिटर लामो हुने भएको छ। सेनाले द्रुतमार्गको काम दुई प्याकेजमा अघि बढाएको छ। पहिलो प्याकेजअन्तर्गत एउटा र दोस्रो प्याकेजअनर्तगत २ वटा गरी कुल ३ वटा सुरुङमार्ग निर्माण गर्नेछ। तीनवटा सुरुङको लम्बाइ ६.४२ किलोमिटर हुने सुरुवाती डीपीआरमा उल्लेख छ। महादेवडाँडा ३.३५ किमि, धद्रे १.६३ किमि र लेनडाँडा १.४३ किमि लम्बाइको सुरुङ निर्माण हुनेछ।

प्रकाशित: २०८० साउन ३२ गते बिहिबार ०२:०७
प्रतिक्रिया

थप समाचार

धनुषाका गौरीशंकरले जिते १० लाख, १ लाख जित्ने १५ जनामा तपाईँ पनि पर्नुभयो कि? [सूची]

काठमाडौँ: धनुषाको नगराइन नगरपालिकाका गौरीशंकर पण्डितका लागि ४१५ रुपैयाँको एउटा सामान्य खरिद जीवनकै अविस्मरणीय संयोग बनेको छ। दैनिक उपभोग्य वस्तुका रूपमा किनेको तोरीको तेलले उनलाई एकैपटक...

सिटिजन्स बैंकले सरकारलाई बुझायो २ अर्ब १० करोड कर

काठमाडौं। गत आर्थिक वर्ष २०८२/०८३ मा सिटिजन्स बैंकले २ अर्ब रुपैयाँ भन्दा बढी कर सरकारलाई बुझाएको छ। बैंकले गत आर्थिक वर्षमा अग्रिम आयकर बापत १ अर्ब २९ करोड र विभिन्न भुक्तानीमा कर कट्टी गरे...

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...

विश्वको अर्थतन्त्र आकार १२८० खर्ब हुँदा नेपालको साढे ४५ अर्ब डलर मात्र

विश्वको कुल अर्थतन्त्रको ४२ प्रतिशतभन्दा बढी हिस्सा अमेरिका र चीनले ओगटेका छन्। अमेरिकाको अर्थतन्त्रको हिस्सा विश्वको एक चौथाइ छ। अमेरिका, चीन, जर्मनी र जापान—यी चार देशले मात्र विश्वको कुल...

निर्यातले खर्ब नाघ्दा पनि व्यापार घाटा ५ खर्बमाथि, आयातको दबदबा कायमै

काठमाडौँः चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नेपालको वैदेशिक व्यापार उल्लेख्य रूपमा विस्तार भएको छ। निर्यातले पहिलोपटक तीन महिनामै खर्बको सीमा पार गरे पनि आयातको वृद्धिदर उच्च रहँदा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना