काठमाडौँ– पोखराबाट स्कुल ड्रेसमै हराएका ३ मध्ये २ जना बालिका काठमाडौंमा भेटिएका छन्। साउन १९ गतेदेखि सम्पर्कविहीन २ बालिका काठमाडौंमा भेटिएको प्रहरीले जानकारी दिएको छ।
भेटिएका दुवै जनाले परिवारलाई सम्पर्क गरेको प्रहरीले जनाएको छ। हराइरहकामध्ये पोखरा महानगरपालिका-२ विन्ध्यवासिनी बस्ने १४ वर्षीया मनिका परियार र १४ वर्षीया राधिका परियार काठमाडौँबाट सम्पर्कमा आएको परिवारले जनाएको छ।
मोबाइल लोकेसनका आधारमा उनीहरू काठमाडौंमा भेटिएका हुन्। १३ वर्षीया एलिसा परियार भने अझै सम्पर्कविहीन छिन्। गत साउन १९ गते विद्यालय हिँडेका ३ बालिका परिवारको सम्पर्कमा थिएनन्।
एलिसाको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।


