काठमाडौँ- १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा गोल गरेका खेलाडी हुन्, चेन्चो ग्याल्छेन। भुटानी रोनाल्डो नामले परिचित चेन्चोकै उत्कृष्ट प्रदर्शनमा भुटान १३औं साफको फाइनलसम्म पुग्यो । तर, फाइनलमा घरेलु टोली नेपालसँग पराजित हुँदै रजतमा समीति भयो।
अहिले भुटानी टिम नेपालमा छ । प्रधानमन्त्री थ्री नेसन्स कपमा भुटानी टिमको नेतृत्व उनै चेन्चो गरिरहेका छन्। प्रतियोगिताको लिग चरणको अन्तिम खेलमा भोलि दशरथ रंगशालामा भुटानले नेपालको सामाना गर्दैछ। फाइनल प्रवेशका लागि यो खेल दुवैका लागि महत्वपूर्ण छ।
यो खेलालाई भुटान र नेपालको भीडन्तका रुमपा मात्र होइन्, दुई कप्तान चेन्चो र किरणकुमार लिम्बूबीचको भीडन्तका रुपमा पनि हेरिएको छ।
क्लब फुटबलसँगै खेलेकाले चेन्चो र किरण राम्रा साथी हुन्। टिममेट भएका यी दुईबीच हसिजाक पनि चल्छ, र खेलका विषयमा पनि कुरा हुन्छ।
क्लब फुबटलका टिममेट अहिले प्रतिस्पर्धी बनेका छन्। चेन्चो र किरण दुवैले राउन्डग्लास पञ्जाबबाट भारतीय आई लिग खेल। यी दुवैको उत्कृष्ट प्रदर्शन मद्दतमा पञ्जाब च्याम्पियन बन्दै शीर्ष डिभिजन सुपर लिगमा बढुवा भयो। किरण प्रतियोगिताको उत्कृष्ट गोलकिपर बने।
चेन्चोलाई भारतीय स्ट्राइकर सुनिल क्षेत्रीपछि दक्षिण एसियाकै उत्कृष्ट स्ट्राइकरका रुपमा हेर्ने गरिन्छ।
क्लब फुटबलसँगै खेलेकाले चेन्चो र किरण राम्रा साथी हुन्। टिममेट भएका यी दुईबीच हसिजाक पनि चल्छ, र खेलका विषयमा पनि कुरा हुन्छ।
‘हामीबीच हसिमजाक, ठट्टासँगै खेलको विषयमा पनि कुरा हुन्छ । मविरुद्ध गोल गर्छु भनेर चेन्चो ठट्टा गर्छन्,’ प्रतियोगिताअघिको प्रिम्याच कन्फ्रेन्समा नेपाली कप्तान किरणले भने, ‘अनि म चेन्चोलाई भन्छु– तिमीलाई गोल गर्न दिने छैन, म मेरो टिमलाई सुरक्षा गर्नेछु।’
आफूहरुबीच हसिमजक चलेपनि दुवैले आफ्नो देशको प्रतिनिधित्व गरिरहेको किरणले बताए। किरणविरुद्ध दोस्रो पटक मैदान उत्रन लागेका २६ वर्षीय चेन्चोले गोल भने गर्न सकेका छैनन्। चेन्चोले भुटानी टिममा डेब्यू नै किरणविरुद्ध खेलेर गरेका थिए। उनले सन् २०११मा पोखरामा भएको नेपालविरुद्धको मैत्रीपूर्ण खेलमा डेब्यू गरेका थिए। त्यो खेलमा किरण र चेन्चो दुवैले ९० मिनेट मैदानमा बिताएका थिए।
किरण चेन्चोभन्दा सिनियर र अनुभवी खेलाडी हुन्। र, उनी किरणलाई सम्मान पनि गर्छन् । भन्छन्, ‘उनी मलाई सँधै पढाउँछन् र सिकाउँछन् पनि। अनि तिमीले मविरुद्ध गोल गर्न सक्दैनौं।’
(यो समाचारमा यसअघिमा भएको नाम ‘छेन्जो ग्याल्छेन’लाई परिवर्तन गरी ‘चेन्चो ग्याल्सेन’ बनाइएको छ। -सं)
