काठमाडौँ- प्रिमियर क्लब टोटनहम हट्स्परका व्यवस्थापक एन्टोनियो कोन्टेले आपसी समझादारीमा १६ महिनामै क्बल छोडेका छन्। केही खेलअघि खेलाडी र क्लबका मालिकको आलोचना गरेका कोन्टेले क्लब छोडेका हुन्।
कोन्टेले टोटनहमका खेलाडीलाई स्वार्थी भनेका थिए भने साउथह्याम्टनसँग बराबरी गरेपछि क्लबको खेल संस्कृतिबारे पनि आलोचना गरेका थिए। प्रिमियर लिगको शीर्ष चारमा रहेको क्लबको सहायक प्रशिक्षक क्रिस्टियन स्टेलिनी अब क्लको अन्तरिम प्रशिक्षक बनेका छन्।
‘हामीसँग अझै प्रिमियर लिगका १० खेल बाँकी नै छन्। साथै च्याम्पियन्स लिगमा हाम्रो फाइट पनि हातमा नै छ,’ क्लबका अध्यक्ष डेनियल लेभीले भनेका छन्, ‘हामीले सबैलाई अघि ठेल्नुपर्ने हुन्छ। साथै उच्च स्थानमा क्लबलाई पुर्याउनको लागि सबैले एक कदम अघि बढाउनु पर्छ, यो हाम्रो क्लब र समर्थकको लागि हुनेछ।’
सन् २०१९ मा माउरिसियो पोचेटिनोले क्लब छोडेसँगै अब क्लबले चौथो वर्षमा चौथो प्रशिक्षक खोज्दैछ। पोचेटिनोपछि उसको क्लबमा प्रशिक्षक टिकेका छैनन्। चेल्सी, युभेन्टस र इन्टरमिलानलाई उपाधि जिताइसकेका कोन्टे सन् २०२१ मा क्लबमा अनुबन्ध भएका थिए।


