काठमाडौँ- थाइल्याण्ड र म्यानमारमा रहेका नेपालीभाषीहरुको प्रतिनिधिमण्डल थाइ नेपाल एसोसिएसनले उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग भेट गरेको छ।
रक्षा मन्त्रालयमा भएको भेटमा थाई नेपाल एसोसिएसनका पदाधिकारीले उपप्रधानमन्त्री तथा रक्षामन्त्री खड्कासमक्ष आफ्ना पुर्खा पनि नेपाली भएपनि विदेशी नागरिकको रुपमा काम गरिरहेको बताए।
यसको साथै आफूहरु नेपालीकै सन्तान भएको भन्दै पहिचान खुल्ने व्यवस्था मिलाइदिन आग्रह गरेका छन्। भेटमा थाइ नेपाल एसोशिएसनका प्रतिनिधिहरुले आफूहरुलाई नेपाल आवतजावत गर्न पाउने तथा गैर आवासीय नेपालीको परिचयपत्र उपलब्ध गराउन आग्रह गरेका छन्।
उपप्रधानमन्त्री खड्काले यस विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै संविधानको परिधिभित्र रहेर यस विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छलफल गर्ने आश्वासन दिएका छन्।


