छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप प्रतियोगिताअन्तर्गत उदयपुरलाई ४–० गोलले हराउँदै एभिनियर फुटबल क्लब क्यामरुन सेमिफाइनलमा पुगेको छ ।
सोमबार सदरमुकामस्थित टुँडिखेलमा भएको खेललमा क्यामरुनले ४–० गोलको जित निकालेको हो। क्यामरुनका तर्फबाट खेलको छैटौँ मिनेटमा गोल गर्दै अग्रता दिलाए। ६८औं मिनेटमा टिमबाले गोल गर्दै क्यामरुनको अग्रता दोब्बर पारे। ७३औँ मिनेटमा एन सनगोउले तेस्रो गोल गरे। क्यामरुनका लागि चौथो गोल बोयोमोले गरेका थिए।
खेलको म्यान अफ द म्याच क्यामरुनका नगुइनी भएका छन् । मङ्गलबार पहिलो सेमिफाइनल खेल आयोजक भोजपुर जिल्ला फुटबल सङ्घ र डाँगीहाट युथ क्लब मोरङका बीचमा हुने आयोजक भोजपुर जिल्ला फुटबल सङ्घका अध्यक्ष प्रवीण सुवालले जानकारी दिए।
प्रतियोगितामा आठ टिमले सहभागिता जनाएका छन्।



