काठमाडौं । धितोपत्र ब्रोकर एशोसिएसन नेपाललले नेपाल धितोपत्र बोर्ड समक्ष बजारको विकास, विस्तार तथा समसामयिक अवस्थालाई सुधार गर्ने सम्बन्धमा एक ज्ञापनपत्र पेश गरेको छ ।
धितोपत्र ब्रोकर एशोसिएसन नेपालको कार्यसमिति सदस्यहरुको उपस्थितिमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाललाई एशोसिएनका अध्यक्ष सागर ढकालले सो ज्ञापनपत्र पेश गरेका हुन ।
ज्ञापनपत्रमा विशेषगरी भर्खरै नेपाल स्टक एक्सचेन्ज लिमिटेडको सञ्चालक समितिबाट पास भएर नेपाल धितोपत्र बोर्ड समक्ष पेश भएको धितोपत्र व्यवसायी सदस्यता तथा सुपरिवेक्षण विनियमावली, २०७९ मा रहेका केही विषयहरु जसले अहिलेको वर्तमान अवस्थामा पूँजी बजारलाई थप नकारात्मक बनाउने तथा बजारको विकास र विस्तारमा बन्देज लगाउने रहेको छ । सो विषयहरुलाई संशोधन गरेर मात्रै सो विनियमावलीपास गर्न माग गरिएको छ ।
उपरोक्त धितोपत्र व्यवसायी सदस्यतातथा सुपरिवेक्षण विनियमावली, २०७९ मा विनियम २७ को उपविनियम ३ मा ब्रोकरहरुलाई हालको ३ दिन निलम्बन गर्ने व्यवस्थालाई संशोधन गरी ३ दिनबाट १५ दिन बनाउने व्यवस्था रहेको छ । यसरी १५ दिनसम्मनिलम्बनमापर्दा त्यसमाआबद्धलगानीकर्ताहरुलाई यसबाट ठूलो मर्का पर्ने देखिएको हुँदा सोव्यवस्थालाई खारेज गरी कम्पनी वा कम्पनीका पदाधिकारीहरुलाई नगद जरिवाना गर्ने व्यवस्था लागू गर्न माग गरिएको छ ।


