२०८३ कार्तिक ११ गते मङ्गलबार

रातभर खुला सडकमै मिटरब्याज पीडित, बालुवाटार र संसद् भवन घेराउको कार्यक्रम

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, चैत १४
metre

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले खुलामञ्चमा प्रवेश गर्न नदिएपछि १२ दिन हिँडेर आइपुगेका मिटरब्याज पीडित रातभर सडकमा नै बस्न बाध्य भएका छन्। सोमबार खुलामञ्च प्रवेश गर्न लागेका पीडितलाई महानगर प्रहरीले प्रवेश नदिएपछि सडकमा नै बस्न बाध्य भएका हुन्।

बर्दिवासबाट पैदलै काठमाडौं आएका मिटरब्याज पीडितलाई खुलामञ्चमा प्रवेश गर्न नदिइएपछि सोमबार रातभर खुलामञ्चमा बस्न बाध्य भएको अभियन्ता कुमार बर्तौलाले जानकारी दिए। उनका अनुसार पीडितहरू खुलामञ्चको पश्चिमी गेटबाहिरै बसेका थिए।

‘रातभर खुलामञ्चको पश्चिमी गेटबाहिरै पीडितहरू बस्न बाध्य भए,’ उनले भने, ‘माइतीघर मण्डला या खुलामञ्चमा बस्ने भनेका थियौं। तर उहाँहरूले दुवै ठाउँमा बस्न दिनुभएन।’

मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारतर्फ पीडितको मार्चपास हुन लागेको बर्तौलाले जानकारी दिए। आज संसद भवन पनि मार्चपास लिएर जाने कार्यक्रम छ।

‘अब मार्चपास बालुवाटार जान लागेको छ। दिउँसो संसद् भवन जाने कार्यक्रम छ,’ बर्तौलाले नेपाल क्लिक्ससँग भने, ‘कहाँकहाँ अवरोध हुन्छ थाहा छैन। अवरोध भएन भने सिंहदरवार हुँदै नयाँ बानेश्वर जाने कार्यक्रम छ।’

११ दिनसम्म हिँडेर आइतबार काठमाडौं आइपुगेका पीडितले बिहान मातातीर्थमा खाना खाएर खुलामञ्च आएका थिए। खुलामञ्चमा प्रवेश गर्न महानगर प्रहरीले रोक लगाएपछि तनावको अवस्था सिर्जना भएको थियो। उनी उनीहरू रातभर सडकमै बसे।

उता काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले फेसबुमा स्टाटस लेख्दै पीडितलाई पशुपति धर्मशालामा बस्ने प्रबन्ध मिलाए पनि नमानेको दाबी गरेका छन्। अभियानमा आफ्नो ऐक्यबद्धता भएको र यस्तो अवस्थामा कसैले पनि काठमाडौँ आउन नपरोस् भन्ने उनको स्टाटसमा उल्लेख छ। यद्यपि खुलामञ्चमा बस्न नदिएको विषयमा उनले उल्लेख गरेका छैनन्।

खुलामञ्च जनताको आवाज उठाउने ठाउँ भएकाले पनि यो ठाउँ खुला रहनुपर्ने पीडितको भनाइ छ।

गत वर्ष २८ जेठदेखि १४ दिन र साउन १८ देखि ४७ दिन गरी दुई चरणमा ६१ दिन मिटरब्याजपीडितहरू काठमाडौँ आई धर्ना बसेका थिए। धर्ना बसेपछि सरकारले असोज १ गते उनीहरुसँग सम्झौता गरेको थियो। सम्झौतामा गृह मन्त्रालयले सुदखोरहरूको सम्पत्ति छानबिन गर्ने, पीडितलाई राहत प्रदान गर्ने उल्लेख थियो। तर उक्त सम्झौता कार्यान्वयन नभएको भन्दै पीडितहरू राज्यको ध्यान आकर्षण गर्न मधेशदेखि पैदलै काठमाडौँ आइपुगेका हुन्।

प्रकाशित: २०७९ चैत १४ गते मङ्गलबार ०७:५८
प्रतिक्रिया

थप समाचार

कहीँ नभएको जात्रा हाँडीगाउँमा !

काठमाडौँ: दशैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरू भएको छ। ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ उखानसँग जोडिएको यो जात्रा तीन दिनसम्म...

संघीयताले बदलेको अर्थतन्त्र: गाउँगाउँमा व्यापारिक केन्द्र, बदलिँदो कर्नाली

संघीयतापछि स्थानीय सरकारले सडक, विद्यालय र व्यवस्थापन, कृषि, साना उद्यम दर्ता, खानेपानी आयोजना लगायतका काम आफैँ सञ्चालन गर्न थाले। विकास योजना वडा तहसम्म छलफल गरेर स्थानीय आवश्यकता अनुसार बनाउन...

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

कस्तो छ आजको मौसम?

काठमाडौँ: हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ । तराई भूभागमा मौसम मुख्यतया सफा...

धानमा ‘किरा’ले क्षति पुर्‍याएपछि भोजपुरका किसान चिन्तित

भोजपुर। धान भित्राउने समय नजिकिँदै गर्दा धानबालीमा ‘लाई किरा’को समस्या देखिएपछि भोजपुरका किसान चिन्तित बनेका छन्। किराको प्रकोपका कारण धानको फेदमा क्षति पुग्दा बोट ढल्ने, बाला सुक्ने तथा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना