२०८३ कार्तिक १८ गते मङ्गलबार

पर्यटक लोभ्याउँदैछ तनहुँको झाँगाझोली

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ ६
makawanpur

तनहुँ-  शुक्लागण्डकी नगरपालिका-६ स्थित पृथ्वी राजमार्गको खैरेनीटार बजारबाट दुई दशमलव पाँच किलोमिटर दुरीमा झाँगाझोली रहेको छ। पर्यटनको प्रचुर सम्भावना रहेको यस झाँगाझोली तीनखोले मोटरमार्ग हुँदै जान सकिन्छ। झाँगाझोलीमा तीन जनाको डेढ करोड रूपैयाँ लगानीमा करिब १७ रोपनी क्षेत्रफलमा आकर्षक रिसोर्ट निर्माण गरी सञ्चालनमा ल्याइएको छ।

झाँगाझोली हुँदै बग्ने कञ्चनकुम्ले खोलामा मानव निर्मित सुन्दर ताल बनाउनका लागि सम्भाव्यता अध्ययन भइरहेको छ। ताल निर्माण र जंगल सफारी बनाउनेतर्फ पनि छलफल भइरहेको शुक्लागण्डकी-६ का वडाध्यक्ष बुद्धि थापाले बताए। पछिल्लो समय झाँगाझोलीमा मानिसहरुको आवागमनले यस क्षेत्रमा चहलपहल बढ्दै गएको पर्यटकीय गन्तव्यका रुपमा परिचित बन्दै गएको उनी बताउँछन्।

अन्य साहसिक खेलहरुका लागिसमेत पनि यो क्षेत्र उपयुक्त मानिएको छ। घना जंगलको भएकाले यहाँ आध्यात्मिक गतिविधिका लागि ध्यान केन्द्रलगायत विविध प्राकृतिक पर्यटकीय आकर्षण केन्द्र बनाउन सकिने झाँगाझोली सञ्चालक शंकरप्रसाद अधिकारीले बताए। खोलाको वरपर रहेको घना जंगलको हरियाली र चराचुरुंगीको आवाजले झाँगाझोली क्षेत्रमा आउने पर्यटकलाई मुग्ध बनाउने गर्दछ।

चालु आर्थिक वर्षमा झाँगाझोलीदेखि दरगाउँसम्म सडकको स्तरोन्नतिका लागि संघीय सरकारले ३५ लाख रूपैयाँ बजेट विनियोजन गरेको छ। सो सडक निर्माण कार्य सम्पन्न भएपछि झाँगाझोली आवतजावतमा अझ सहज हुनेछ। खैरेनीटारदेखि झाँगाझोली हुँदै तीनखोले देवी मार्गको बाँकी निर्माण कार्यसमेत यथाशीघ्र सम्पन्न हुनुपर्ने सो क्षेत्रका स्थानीयवासी बताउँछन्।

‘शुक्लागण्डकीको पहिचान झाँगाझोलीको योगदान कृषि र पर्यटन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ कृषि तथा पर्यटनसम्बन्धी कार्यलाई अगाडि बढाएको छ। सिन्धुली जिल्लाको झाँगाझोली हाल सुनकोशी गाउँपालिकामा पर्दछ। विपी राजमार्गमा पर्ने झाँगाझोलीमा रहेका ऐतिहासिक, सांस्कृतिक, धार्मिक मठमन्दिर समेतका सम्पदाहरु समेटेर तनहुँ झाँगाझोली सञ्चालनमा ल्याइएको हो।

विशेषतः सिन्धुली झाँगाझोलीमा रहेका दुम्जा कुशेश्वर महादेव, झाँगाझोली गुठ बजारस्थित गुठ बजार राम मन्दिर रातामाटास्थित गणेशथान मन्दिर, मूलकोटमा रहेको बालाकेश्वर मन्दिर, गैरी पुछारमा रहेको मुकुटेश्वरी मन्दिर, सिन्धुली झाँगाझोली हुँदै बग्ने सुनकोशी नदी, नांगेडाँडा स्थित सिद्धाथान मन्दिर, सहस्रधारादेवी खाल्टे चैनपुरमा रहेको शीतलपाटी र ऐतिहासिक लप्से खोला कुवाको निर्माण गरिनेछ।

त्यसैगरी, सिन्धुली झाँगाझोलीका बोहोरेटार, गुठ बजार, रातामाटा, कालीमाटी, लक्ष्मीडाँडाजस्ता गाउँहरुको नामबाट घरहरु निर्माण गरिनेछन्। सातवटै प्रदेशका विशिष्टीकृत, उत्पादनको प्रवर्द्धनका लागि प्रादेशिक कोसेली घरसमेत निर्माण गर्ने योजना रहेको छ।

यहाँ दैनिक तीन सयदेखि चार सयसम्म आन्तरिक पर्यटकको भ्रमणमा आउने गर्दछन्। प्राकृतिक रुपले धनी झाँगाझोलीको विकासका लागि तीनवटै सरकारले ध्यान दिन सके पर्यटन क्षेत्रमा कायापलट हुन सक्ने सम्भावना देखिएको छ।

सूचना कक्ष निर्माण
सिन्धुली झाँगाझोली क्षेत्रमा पर्ने ऐतिहासिक, पुरातात्विक, धार्मिक, सांस्कृतिक सम्पदाका बारेमा जानकारी दिने उद्देश्यले सूचना कक्ष निर्माण गर्न लागेको छ। सूचना कक्षमा झाँगाझोली क्षेत्रमा पर्ने विविध विषयका बारेमा ब्रोसर, मूर्ति, संग्रहालयमार्फत घुम्न आउने पर्यटकलाई जानकारी गराइने छ। हाल सुनकोशी गाउँपालिकाअन्तर्गत रहेको दुम्जा कोइरालाहरुको पुख्र्यौली थलो मानिन्छ। पूर्वप्रधानमन्त्री विपी कोइराला, मातृका कोइराला र गिरिजाप्रसाद कोइरालाको बुबा कृष्णप्रसाद कोइरालाको जन्मथलो झाँगाझोलीको दुम्जा हो। सूचना कक्षमार्फत यस बारेमा पनि प्रचारप्रसारसमेत गरिनेछ।

तनहुँ झाँगाझोलीमा विशेष आकर्षणका रुपमा ‘गौरादेवी नेचुरल हर्वल पार्क’ निर्माण गरेको अर्का सञ्चालक उज्वल पौडेलले जानकारी दिए। विशेष तरिकाले निर्मित हर्वल पार्कमा विभिन्न जातका जडीबुटी रहेका छन्। जडीबुटीलगायत अवलोकनका लागि हात्ती, गैँडा, बाघलगायत विभिन्न जातका पक्षी र जनावरहरुका मूर्ति राखिएका छन्। रुद्र कुण्ड, रुद्र घण्ट मठमन्दिर समेत रहेको ‘गौरादेवी नेचुरल हर्वल पार्क’ बाट पर्यटकलाई भरपूर मनोरञ्जन लिन सक्नेछन्। सार्वजनिक बिदाका दिन त पाँच सयभन्दा बढी आन्तरिक पर्यटकले भ्रमण गर्ने गरेको पौडेलको भनाइ छ।

झाँगाझोली एग्रो टुरिजम प्रालिको सम्पूर्ण निमार्णका काममा केही समय लाग्ने देखिए पनि हाल पार्क अवलोकन स्वादिष्ट खाना र बास व्यवस्थापनसहितको व्यवस्था सञ्चालनमा ल्याइसकेको छ। झाँगाझोली एग्रो टुरिज्म प्रालिले सिन्धुली झाँगाझोली र तनहँ झाँगाझोलीबीचको सम्बन्धलाई सुमधुर गराउनुका साथै मुलुकमा कृषि र पर्यटनका लागि महत्वपूर्ण योगदान दिने योजना रहेको सञ्चालकहरु बताउँछन्।

झाँगाझोली क्षेत्रलाई ऐकेडेमी रिसोर्टका रुपमा अघि बढाउने लक्ष्य रहेको छ। विभिन्न जातका जडीबुटीका रूखबिरुवा हेर्न र त्यसको महत्वका बारेमा जानकारी गराइने छ। विभिन्न देवीदेवता, वन्यजन्तुहरुको मूर्ति निर्माण गरी तिनका बारेमा घुम्न आउने विद्यार्थीलाई ज्ञान दिइने लक्ष्य रहेको छ। प्राकृतिक सुन्दरताले भरिपूर्ण तनहुँ झाँगाझोलीको पर्यटन विकासमा ध्यान दिने हो भने गण्डकी प्रदेशकै एक उत्कृष्ट पर्यटन गन्तव्य बन्न सक्ने देखिन्छ।

शुक्लागण्डकी नगरपालिकाको खैरेनीटारबाट करिब सात किमी उत्तर दिशामा प्रसिद्ध तीनखोले देवीको मन्दिर पुग्न सकिन्छ। मनोकांक्षा पूरा हुने जनविश्वासका साथ यस मन्दिरमा पूजाअर्चनाका लागि विभिन्न जिल्लाबाट भक्तजनको आकर्षण बढ्दै गएको पाइन्छ।

मन्दिर नजिकै रहेको कुम्ले खोलामा पक्की पुल निर्माण गर्न लागिएको छ। बहुवर्षीय योजनाअनुरुप संघीय सरकारले ३५ लाख रूपैयाँ विनियोजन गरिसकेको छ। सहरी विकास मन्त्रालयले स्रोत सुनिश्चितताका लागि अर्थ मन्त्रालयमा पठाएको उनले बताए।

गत वर्ष ८३ लाख रूपैयाँको लागतमा तीनखोले मोटरमार्गमा काम गरेपछि सहज रुपमा मन्दिर पुग्न सकिने भएको छ। भक्तजनको चहलपहल हुन थालेपछि यस क्षेत्रलाई धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्न लागेको शुक्लागण्डकी नगरपालिकाका उपाध्यक्ष खुमबहादुर विकले जानकारी दिए।

मन्दिरसम्म पुग्ने सडक र मन्दिर क्षेत्रमा आवश्यक पूर्वाधार निर्माण कार्यमा शुक्लागण्डकी नगरपालिकाले पनि चासो दिएको छ। यस मन्दिरमा बोका, कुखुरा र हाँसको बलि दिइन्छ। असार, साउन र भदौको तुलनामा असोज महिनादेखि भक्तजनको मन्दिरमा भीडभाड नै लाग्ने गर्दछ। रासस

प्रकाशित: २०८० भदौ ६ गते बुधबार ०१:१८
प्रतिक्रिया

थप समाचार

नेपाल पुनर्बीमामा सरकारको लगानी थपिने, हकप्रद सेयरमा रकम जुटाउन बाटो खुल्यो

काठमाडौँः नेपाल सरकारले नेपाल पुनर्बीमा कम्पनी लिमिटेडमा थप लगानी गर्ने भएको छ। कम्पनीले जारी गर्ने हकप्रद सेयरमा सरकारको तर्फबाट लगानी गर्न मन्त्रिपरिषद्ले सहमति दिएको हो। कात्तिक १७ गते...

भाइटीकाको उत्तम साइत सार्वजनिक, कता फर्किएर टीका लगाउने ?

काठमाडौँः भाइटीकाको उत्तम साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले २०८३ सालको यमपञ्चक (तिहार) अन्तर्गतका विभिन्न पर्व तथा भाइटीकाको शुभसाइत सार्वजनिक गरेको हो। समितिले...

मुस्ताङ–डोल्पा सडक स्तरोन्नति गर्न ११ करोड बजेट

मुस्ताङ: गण्डकी प्रदेशको मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा जोड्ने सडक मर्मत तथा स्तरोन्नतिका लागि संघ र प्रदेश सरकारबाट रु ११ करोड बजेट विनियोजन भएको छ। त्यस सडक निर्माण तथा स्तरोन्नतिका लागि...

एडीबीको ३७ अर्ब ९२ करोड ऋण लिने सरकारको निर्णय, मन्त्रिपरिषद्ले अन्य के निर्णय गर्‍यो?

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले  सडक सुधारका लागि उक्त सहुलियतपूर्ण ऋण लिने निर्णय भएको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए। यस्तै २० मिलियन अमेरिकी डलर बराबरको...

काठमाडौँ आइपुगे नेपालका लागि नवनियुक्त भारतीय राजदूत दलेला

काठमाडौँ: नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेला कार्यभार सम्हाल्न मंगलबार काठमाडौं आइपुगेका छन्। भारतको दूतावासका अनुसार दलेला आज काठमाडौं आइपुगेका हुन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
himali_hydro
शेयर बजार

हिमाली हाइड्रो फण्डले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं। निर्माणाधीन सोना खोला जलविद्युत् आयोजनाको प्रबर्द्धक हिमाली हाइड्रो फण्ड लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। फण्डले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना