२०८३ कार्तिक १२ गते बुधबार

शिक्षा प्रवर्द्धनका भदौ ८ र ९ गते शैक्षिक मेला हुने

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, भदौ ८
9th-education-fair1692793233

काठमाडौं- ‘स्वदेशमै शिक्षा सबैको इच्छा’ भन्ने मुल नारासहित यही भदौ ८ र ९ गते शैक्षिक मेला आयोजना गरिने भएको छ। भिजन मिडिया इन्कर्पोरेसनले विगत ८ वर्षदेखि स्वदेशी शिक्षालाई प्रबर्द्धन गर्ने उद्देश्यका लागि शैक्षिक मेला सञ्‍चालन गर्दै आएको छ।

यही मुद्दालाई निरन्तरता दिनका लागि यो वर्ष पनि भदौ ८ र ९ गते शैक्षिक मेला आयोजना गर्ने भएको हो। भिजन मिडिया इन्कर्पोरेसनले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘विद्यार्थी अध्ययन गर्नलाई लाखौं खर्च गरेर लाखौंको संख्यामा विदेश गइरहेको डरलाग्दो तथ्यांक तपाई हाम्रो सामु छ, यसरी लाखौंको संख्यामा विद्यार्थी बाहिर जाने विभिन्‍न कारणमध्ये नेपालका विश्वविद्यालयले दिने शिक्षाको बारे जानकारी नहुनु र विश्वविद्यालय प्रति भ्रम पनि हो। त्यसैले नेपालका विश्वविद्यालय बारे जानकारी दिनु र स्वदेशी शिक्षाको प्रबर्द्धन गर्नु नै यो मेलाको उद्देश्य हो।’

मेला दुई दिनसम्म चल्ने र मेलामा नेपालका काठमाडौं विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, मध्यपश्चिमाञ्चल विश्वविद्यालय, गण्डकी विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, सुदूरपश्चिमाञ्‍चल विश्वविद्यालय तथा विभिन्‍न अन्तर्राष्ट्रिय विश्विविद्यालयसँग आवद्ध ५० भन्दा बढी क्याम्पसको सभागिता रहने पनि जनाइएको छ।

मेलामा नेपाली विश्वविद्यालयमा पढाइ हुने र विश्व बजारमा माग भइरहेका विभिन्‍न बिषयहरु; बीबीए, एमबीए, एमएचएम बीआईटी, बीआईएम, बीएचएम, बीएचसीएम, बीटीटीएम, बीबीएम, बीएसडब्लु, बीबीएस, बीएस्सी सीएसआईटी, बीडेभ्सबारे विद्यार्थी ले निशुल्क परामर्श लिन पाउने छन्।

स्वदेशी शिक्षाको प्रबर्द्धनलाई साथ दिनका लागि मेलामा सहभागी हुने प्रत्येक विद्यार्थीलाई खल्ती डिजिटल मिडियाको तर्फबाट फिल्म टिकट उपलब्ध गराइने पनि जनाइएको छ। मेला काठमाडौंको दरबारमार्गमा रहेको होटल अन्‍नपूर्ण ब्यांक्‍वेटमा सञ्‍चालन हुनेछ। भिजन मिडिया इनकर्पोरेसन र एजुकेसन डट कम आयोजक रहेको मेलालाई इन्स्टिच्युट अफ इन्टरनेशनल म्यानेजमेन्ट साइन्स कलेजले मुख्य प्रायोजन गर्ने पनि जानकारी गराइएको छ।

प्रकाशित: २०८० भदौ ८ गते शुक्रबार ०९:५५
प्रतिक्रिया

थप समाचार

पोखरामा ‘पल्सर आरपीएम’ हुँदै, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव लिन पाइने

काठमाडौँ: युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई समेट्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा...

मेटलाइफ नेपालले सुरु गर्‍यो अनलाइन दाबी ट्र्याकिङ सेवा

काठमाडौँ: मेटलाइफ नेपालले बीमित ग्राहकलाई आफ्नो दाबी प्रक्रियाको अवस्था अनलाइनबाटै हेर्न मिल्ने सेवा सुरु गरेको छ। नयाँ प्रणालीमार्फत ग्राहकले ग्राहक सेवा केन्द्रमा फोन नगरी वा कम्पनीको...

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

टस हारेर ब्याटिङ गर्दै पोखरा, मैदानमा दिनेश खरेल र मेहदी हसन

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गर्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान सुदूरपश्चिमले टस...

मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने

काठमाडौँ: मोरङ जिल्ला तथा आसपासका क्षेत्रको विद्युत मागलाई सम्बोधन गर्न र आपूर्तिलाई पर्याप्त, भरपर्दो तथा गुणस्तरीय बनाउन कानेपोखरी गाउँपालिका–२ मा १३२ केभी क्षमताको केरौन सबस्टेसन निर्माण...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना