काठमाडौँ– नेपाल क्रिकेट संघ क्यान (क्यान)को बागमती प्रदेश अध्यक्षका लागि नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान पारस खड्काले उम्मेदवारी दिने घोषणा गरेका छन्।
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पारसले बागमती अध्यक्षका लागि उम्मेदवारी घोषणा गरेका हुन्।
सम्मेलनमा बागमतीका ४ जिल्लाको समर्थनसहित बागमती प्रदेश अध्यक्षमा उठ्न लागेको उनले बताए।
पारसलाई काठमाडौँ, ललितपुर, भक्तपुर र मकवानपुर जिल्ला क्रिकेट संघका अध्यक्षको समर्थन छ।


