२०८३ कार्तिक ११ गते मङ्गलबार

भुल्नै नसक्ने बन्यो ‘सेप साउथ एसिया’

 |  सन्तोष पाण्डे
Sanket

सन्तोष पाण्डे

काठमाडौँ, भदौ ९
shape2

गत मे महिनाको सुरुवात कम्बोडियाको सिमरिपका लागि एकल यात्राबाट भयो। सिमरिपको भ्रमण निकै उत्साहजनक रह्यो। सुन्दर दृश्य, मीठो खानपिन र जीवन्त संस्कृति तथा पार्टीको रमझमले अद्भभूत आनन्द भइरहेको थियो।

त्यो आनन्दले कम्बोडिया छोड्नै मन थिएन। तर नेपालमा रहेका मेरा जिम्मेवारीका कारण त्यहाँ धेरै दिन रहन सम्भव भएन। फर्किने अन्तिम रात मैले म्याड मंकीको आवास व्यवस्थापकसँग स्वयंसेवकका रुपमा आउन चाहेको कुरा जाहेर गरेँ। उनीहरुले मेरो प्रस्तावलाई सहर्ष स्वीकार पनि गरेँ। यो वर्ष धित मर्ने गरी कम्बोडिया बस्न नपाएपनि सम्भवत म अर्को वर्ष फेरि त्यहाँ पुग्नेछु।

कम्बोडिया भ्रमणका तस्बिर

कम्बोडियामा रहँदा मलाई पिरोल्ने जिम्मेवारी एउटा सम्मेलन थियो। दक्षिण एसियाबारेको एक बहस थियो। तसको नाम थियो- सेप साउथ एशिया २०२३। महिनौँदेखि यसको तयारीमा हामी जुटेका थियौँ। यसमा सहभागी हुने पाउनादेखि कार्यक्रमका लागि प्रायोजक र सहकार्य गर्ने संस्था र समूहको टुंगो लगाउनुपर्ने जिम्मेवारी थियो। हतारोका बीच संयमता र धैर्य हुँदै हामीले कार्यक्रमस्थल होटल हिमालयमा सम्पूर्ण तयारी अघिल्लो दिन पूरा त गर्‍यौँ। तर कार्यक्रमको एक साता अघिसम्म हामी निकै दबाबमा थियौँ।

त्यस्तो दबाबलाई भुलाउन हामी मनोरञ्जनात्मक क्रियाकलापमा सामेल हुन्थ्यौँ। हामी कामको तनावका बीच जीवनलाइ रोमाञ्चित र आनन्ददायी बनाउन प्रयत्नशील थियौँ। त्यसखबत हामी नाच्थ्यौँ, गाउँथ्यौँ, खेल खेल्थ्यौँ। पार्टीसमेत गर्दथ्यौँ।

कार्यक्रमकै दिन म उद्यमशीलताबारे आफ्नो प्रस्तुतीकरणका लागि एउटा स्कुलमा पुगेको थिएँ। कक्षा १० मा पढ्ने एक विद्यार्थीले मसँग जिज्ञासा राखे, ‘के तपाइँ एनिमे हेर्नुहुन्छ?’

ती विद्यार्थीको जिज्ञासाले म एकछिन ट्वाल्ल परेँ। र, मैले भनेँ- अहँ मैले हेरेको छैन।

मैले जवाफ दिने बित्तिकै १० कक्षामा पढ्ने ती विद्यार्थीले मलाइ वर्तमान पुस्ता र आफ्नो ग्राहकको क्षेत्रलाई बृहत्तर बनाउनका लागि कार्यक्रम हेर्न सुझाए। उनीहरुको दृष्टिकोणबाट प्रभावित हुँदै मैले उनीहरू समक्ष थप आधा घण्टा बिताएँ।

नेपाली युवा उद्यमी मञ्चले सानैबाट उद्यम सोचको विकासका लागि आयोजना गरेको त्यस कार्यक्रमको अनुभव निकै ज्ञानवर्द्धक थियो। त्यस कार्यक्रमको हिस्सा बन्न पाउँदा म निकै खुशी भएँ। मेरो अनुभव साट्न पाउँदा हर्षित थिएँ। हामीले आ-आफ्ना अनुभव बाँडेर आपसमा नयाँ कुरा पनि सिक्यौँ। युवा उद्यमी मञ्चको काठमाडौँसँग आबद्ध हुन पाउँदा म निकै गौरवान्वित छु। त्यस मार्फत भविष्यका उद्यमीहरुलाई ज्ञान बाढ्न पाउनु मेरा लागि सन्तुष्टिको कुरा हो। यस्ता प्रयत्नले उद्यमशीलताको भावना मात्रै नभएर आशाजनक भविष्यका लागि पनि प्रेरित गर्छ।

अब फर्कौँ सेप साउथ एसिया २०२३ तर्फ नै। यस कार्यक्रमलाई हामीले कागजातरहित बनाउने निर्णय लियौँ। र चार महिना अघि नै ‘इभेन्ट्स मो एप’को विकासमा केन्द्रित भयौँ। यसको दौरान अनिस श्रेष्ठसँगको छलफल म भुल्नै सक्दिनँ। हामीसँग काम गर्न उनी निकै उत्सुक थिए। हामीले त्यस एप र कार्यक्रमलाई कागजरहित बनाउन निकै दिमाग खियायौँ। कार्यक्रममा सहभागीलाई कार्यक्रमप्रति व्यस्त बनाइराख्नका लागि हामीले धेरै वटा विशेषता त्यसमा समावेश गरेका थियौँ। यसलाई अझ राम्रो बनाउनका लागि म निरन्तर रूपमा दिमाग खियाइरहन्थेँ।

अन्ततः हामीले ‘सबै’ गर्‍यौँ। फिड सेक्सन, सबैलाई केन्द्रित गर्न पुस नोटिफिकेसन सेक्सन, अन्तर्क्रिया/प्रतिक्रिया व्यक्त गर्ने प्रणाली, पोल, आइसब्रेकर, च्याट र ग्रुपच्याट लगायतका विशेषताका सहितको एप निर्माण भयो। चार महिनाको अवधिमा हामीले थुप्रै अपडेटहरू गर्‍यौँ। कति त कामै नलाग्नेसमेत बने। तर खुशीको कुरा हाम्रो ‘फिड क्याम्पेन’ वास्तवमै ‘हिट’ भयो। यसले हामी सबैलाई उत्साही बनायो। प्रयोक्तालाई मजाले केन्द्रित गर्न सक्ने एप बनाएकोमा म औधि उत्साहित थिएँ। इभेन्ट व्यवस्थापन र सहभागीका लागि ‘इभेन्ट मो’ विश्वसनीय बन्नेमा शंका थिएन।

यो अनुभवले मलाई कुनै पनि उत्पादनको संसारमा काम गर्न र प्रयोक्तालाई इंगेज गर्ने काममा ‘इन्जोय’ गर्ने रहेछु भन्ने महसुस गरायो।

कार्यक्रम समापन भएपछि हामीले प्राप्त गरेका सामाजिक सञ्जालका पोस्ट, म्यासेज र कम्मेन्टले कार्यक्रम र काठमाडौँ हबको होस्टिङ अद्वितीय भएको प्रतिविम्बित गरिरहेको थियो। सबैको सकारात्मक प्रतिक्रियाले महिनौँको परिश्रम सार्थक भएको कुरा सबैका अनुहारमा झल्किएको थियो। आपसी विश्वास बढेको थियो।

यसअघि मैले हाम्रो समूहमा यति तागतिलो गरी आपसी विश्वासको शक्ति कहिल्यै महसुस गर्न पाएको थिएन। यो सम्मेलनको आयोजक समितिको हिस्सेदार बन्न पाएको र योजना तथा अनुभवमा पनि सामेल हुन पाएकोमा मैले आफूलाई भाग्यमानी ठानेको छु। यो घटना मेरो जीवनका लागि उल्लेखनीय बनेको छ। सेप साउथ एसिया-२०२३ मेरो स्मृतिमा रहिरहनेछ।

(लेखक पाण्डेको ब्लगबाट भावानुवाद गरिएको)

प्रकाशित: २०८० भदौ ९ गते शनिवार ०५:५७
Sanket

सन्तोष पाण्डे

उद्यमशीलता, राजनीति र सार्वजनिक नीतिका विषयमा रुची राख्ने पाण्डे अफरिङ ह्यापिनेस र ओहो केकका सहसंस्थापक हुन्।
प्रतिक्रिया

थप समाचार

रेमिटेन्सले उज्यालिएको घर, उजाडिएको गाउँ

एउटा समय थियो सबै आधारहरू हामीसँग थिए, तर आर्थिक आधार हाम्रो कमजोर थियो। अहिले अवस्था उल्टिएको छ। आर्थिक आधार पहिलेभन्दा राम्रो छ, तर अरू सबै आधारहरू कमजोर र धराशयी बन्दै गएका छन्।

डिजिटल युगमा समाजः एआईले मौलिक पहिचान र स्थानीय ज्ञानको सीमान्तीकरण हुने खतरा

मानव सभ्यताको विकासक्रममा प्रविधि र समाज सधैं एक अर्काका परिपूरक रहँदै आएका छन्। औद्योगिक क्रान्तिदेखि सूचना प्रविधिको विकाससम्म आइपुग्दा समाजले अनेकौं फड्को मारेको छ। तर, एक्काइसौं शताब्दीको...

इन्द्रजात्रासँग जोडिएका मिथ र तिनको ऐतिहासिक–व्यावहारिक सत्यता

काठमाडौँमा नेवार समुदायको परम्परागत र सांस्कृतिक रूपमा अत्यन्त ठूलो महत्व बोकेको इन्द्रजात्रा (येँयाः पुन्हि) बारे विभिन्न पौराणिक मान्यता, जनश्रुति (पुरानो भनाइ) तथा ऐतिहासिक सत्यताहरू जोडिएका...

भोटेकोशीको कहरपछि उद्धारका ११ दिन: जंगलदेखि सुरुङसम्मको खोजी यात्रा

सुरुङभित्रको कठिन खोजी तथा उद्धार कार्य अर्को चुनौतीपूर्ण अध्याय थियो। खोजीको सबैभन्दा चुनौतीपूर्ण चरण आयोजनाका भूमिगत संरचनामा प्रवेश गरेपछि सुरु भयो। डिस्यान्डर बेसिनमा पानी जमेको थियो।...

‘देश संकटमा छ, पीडितको आँसु पुछ्ने हात बनौँ’

नेपाल अहिले कठिन समयबाट गुज्रिरहेको छ। बाढी, पहिरो र प्राकृतिक विपत्तिले देशका विभिन्न भूभागमा ठूलो जनधनको क्षति पुर्‍याएको छ। कतै घर बगेका छन्, कतै परिवारका सदस्य हराइरहेका छन्, कतै आफ्नै...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना