काठमाडौँ- साफ यू-१७ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले आयोजक बंगलादेशसँग बराबरी गरेको छ। ढाकास्थित बीएसएसएस मोस्ताफा कमल रंगशालामा मंगलबार सम्पन्न खेलमा नेपालले बंगलादेशसँग १-१ गोलको बराबरी गरेको हो।
खेलको आठौं मिनेटमा सेनु परियारले गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाएका थिए। खेलको ७५औं मिनेटमा सागोरिकाले गोल गर्दै बंगलादेशलाई १-१ गोलको बराबरीमा ल्याएका हुन्। नेपाल ४ खेलमा ४ अंक जोडेर चौंथो स्थानमा रहँदै यात्रा अन्त्य भएको छ। बंगलादेशले ४ खेलमा ७ अंक जोड्यो।
प्रतियोगिताको अन्तिम खेल रसिया र भारतबीच प्रतिस्पर्धा हुँदैछ। रसिया ९ अंक जोडेर शीर्ष स्थानमा छ। भारत ६ अंक जोडेर तेस्रो स्थानमा छ। राउन्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ।


