२०८३ कार्तिक १२ गते बुधबार

ललिता निवास प्रकरण : रोजीरोजी जोगाइयो ‘आरोपित’

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ १०
lalita

काठमाडौँ- बालुवाटारस्थित प्रधानमन्त्री निवास नजिकैको १४३ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा पारी भ्रष्टाचार गरेको आरोपमा सरकारले शक्तिहीनहरूलाई मुद्दा चलाएर शक्तिमा हुनेहरूलाई बचाएको छ। चार जना पूर्वमन्त्रीसहित २९० जनाविरुद्ध मुद्दा दर्ता हुँदा नेकपा माओवादी केन्द्र पार्टीसँग नजिकको सम्बन्ध बनाएका, राजनीतिक शक्तिमा रहेकाहरूलाई जोगाएर तुलनात्मक रूपमा कमजोर व्यक्तिहरूमाथि भने मुद्दा चलाएको देखिएको हो।

सीआईबीले यो प्रकरणमा लामो अनुसन्धान गरेर २८६ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको थियो। तर सरकारी वकिलको कार्यालयले राजनीतिक शक्तिमा रहेका व्यक्तिलाई जोगाउन र तुलनात्मक रूपमा कमजोर राजनीतिक पहुँचमा भएका व्यक्तिलाई मात्र फसाउन सीआईबीले पेस गरेको फाइल नै हेरफेर गरिदिएको छ।

आइतबार काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरिएको मुद्दामा पूर्वप्रधानमन्त्रीद्वय डा बाबुराम भट्टराई र माधवकुमार नेपाललाई जोगाइएको छ। सीआईबीले गरेको लामो अनुसन्धानमा उनीहरूलाई बयान नै नलिने मनाशय बनाएपनि चर्को दबाबका कारण राती घरमा नै गएर प्रहरीले कुराकानी गरी फर्किएको थियो। सम्बन्धित व्यक्ति र सीआईबीले यो विषयलाई बढी नै महत्व दिएर सार्वजनिक सञ्चार माध्यममा सूचना प्रवाह गरेका थिए। उनीहरू वर्तमान सत्ता साझेदार राजनीतिक घटक भएकाले न त सीआईबीले प्रतिवादी बनाउन सिफारिस गर्‍यो न त सरकारी वकिलको कार्यालयले नै प्रतिवादी बनाउन आवश्यक ठान्यो।

माओवादी पार्टीसँग निकट सम्बन्ध बनाएका कारण यो प्रकरणबाट उन्मुक्तिको सुविधा लिनेमा तत्कालीन मुख्यसचिव लीलामणि पौडेल पनि छन्। पौडेलको संलग्नता देखिए पनि उनी जोगिए। भट्टराई प्रधानमन्त्री हुँदा लीलामणि पौडेल मुख्यसचिव थिए। कीर्ते कागजातका आधारमा भूमिसुधार मन्त्रालयबाट टिप्पणी उठेर मन्त्रिपरिषद् गएको फाइल अध्ययन नगरी तत्कालीन मुख्य सचिव पौडेलले निर्णय प्रक्रिया अघि बढाएका थिए। मन्त्रिपरिषद्बाट त्यही फाइल सामाजिक समिति पुगेको थियो। समितिले स्वीकृत गरेर मन्त्रिपरिषद्मा पेस गरिएकामा जस्ताको तस्तै अनुमोदन भयो। यो ०६९ असोज १८ को निर्णय हो। तर, यस प्रक्रियामा सामेल पौडेल कारबाहीको दायरामा आएनन्। उनी माओवादीकै कोटामा उनी चीनका लागि नेपाली राजदूतसमेत भइसकेका व्यक्ति हुन्।

चार जना पूर्वमन्त्रीसहित २९० जनाविरुद्ध मुद्दा दर्ता हुँदा नेकपा माओवादी केन्द्र पार्टीसँग नजिकको सम्बन्ध बनाएका, राजनीतिक शक्तिमा रहेकाहरूलाई जोगाएर तुलनात्मक रूपमा कमजोर व्यक्तिहरूमाथि भने मुद्दा चलाएको देखिएको हो।

यो प्रकरणमा एमालेको शक्तिमा हुनेहरूलाई पनि माओवादी सरकारले जोगाइदिएको छ। एमाले शक्तिमा रहेका कारण सुविधा लिनेमा उपाध्यक्ष विष्णु पौडेलका छोरा नवीन पौडेल पनि छन्। उनले पनि ललिता निवासको विवादित जग्गा किनेका थिए। तर पछि मुद्दा चल्ने भएपछि उक्त जग्गा फिर्ता गरेका थिए। जग्गा फिर्ता गर्ने अरु विरुद्ध मुद्दा चलाउँदा उनले शक्तिको सुविधा लिए। नवीनले जसरी नै सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीले पनि शक्तिमा रहेको फाइदा उठाएका छन्। उनले पनि मुद्दा चल्ने भएपछि ललिता निवासको जग्गा फिर्ता गराएका थिए। रेग्मीलाई पनि यो प्रकरणमा प्रतिवादी बनाइएन।

यो प्रकरणमा रेग्मी र पौडेल जसरी नै अरुले पनि जग्गा फिर्ता गराएका थिए। तर उनीहरू चाहिँ राजनीतिक शक्तिमा कमजोर पहुँचका कारण मुद्दा झेल्नुपर्ने अवस्थामा बनेको छ। जग्गा फिर्ता गर्ने विरुद्ध मुद्दा नचलाउने गरी सीआईबीले प्रतिवेदन बनाएको थियो। सरकारी वकीलको कार्यालयले उक्त प्रतिवेदनलाई हेरफेर गर्दै जग्गा फिर्ता गरेकाहरूलाई केहीलाई प्रतिवादी बनाएको छ भने केहीलाई जोगाइदिएको हो। शिविका खेतान, सज्जनकुमार चाचन, रोजन खनाल, मितु गुरुङ र देवांसी गोयलले पनि ललिता निवासको जग्गा फिर्ता गराएका थिए। तर उनीहरूमाथि मुद्दा चलाइएको छ।

यो प्रकरणमा सीआईबीले नेपाल सरकारका सचिव कृष्णबहादुर राउतविरुद्ध मुद्दा नचलाउने राय दिएको थियो। सरकारी वकीलको कार्यालयले भने राउतलाई प्रतिवादी बनाइदिएको छ। पूर्व निर्वाचन आयुक्त सुधीर शाहविरुद्ध मुद्दा चलाउन पर्ने राय सीआईबीले सरकारी वकिलको कार्यालयलाई बुझाएको थियो। शाहमाथि मुद्दा नचलाउने निर्णय सरकारी वकिलको कार्यालयले गरिदियो।

ललिता निवासको जग्गा टिकिन्छा गुठीमा लैजान मन्त्रिपरिषद्को सामाजिक समितिले ०६९ असोज १४ मा सहमति दिएको थियो। यसपछि १८ गतेको मन्त्रिपरिषद्ले अनुमोदन गरेको थियो। समितिको अध्यक्षमा विजयकुमार गच्छदार थिए। उनी प्रतिवादीको सूचीमा छन् । तर, सहमति दिने निर्णयमा तत्कालीन शिक्षामन्त्री दीनानाथ शर्मा पनि थिए। माओवादीका नेता उनीमाथि सीआईबीले अनुसन्धान नै गरेन।

यो प्रकरणमा कीर्तेमुद्दा चलाउने जिल्ला सरकारी वकिलको कार्यालयले जानकारी दिएको छ। उक्त आरोपमा पुरानो मुलुकी ऐन बमोजिम कैद र जरिमाना माग गरिएको छ। पूर्वउपप्रधान तथा भौतिक योजनामन्त्री विजयकुमार गच्छदार, पूर्वभूमि सुधार मन्त्री चन्द्रदेव जोशी, पूर्वभूमि सुधार मन्त्री डम्बर श्रेष्ठ र पूर्वराज्यमन्त्री सञ्जयकुमार शाहविरुद्ध मुद्दा दायर भएको छ।

प्रकाशित: २०८० भदौ १० गते आईतबार ०७:१५
प्रतिक्रिया

थप समाचार

विद्युत् व्यापार आशयपत्रको स्वागत गर्दै इप्पानले राख्यो चार माग

काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले अन्तरदेशीय विद्युत् व्यापारको तयारीका लागि निजी क्षेत्रलाई आशयपत्र जारी गर्ने सरकारको निर्णयको स्वागत गर्दै अनुमतिपत्र पाउने...

एनपीएलका लागि ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौँः नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै एक्सट्रीम इनर्जी ड्रिङ्कले देशका ९ सहरमा १० वटा फ्यान जोन सञ्चालन गर्ने भएको छ। कात्तिक ९ देखि मंसिर ५ गतेसम्म हुने एनपीएलका...

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।

एनपीएल क्रिकेट: जनकपुर टस जितेर फिल्डिङमा

काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो दिनको दोस्रो खेलमा अहिले जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय...

कहीँ नभएको जात्रा हाँडीगाउँमा !

काठमाडौँ: दशैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरू भएको छ। ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ उखानसँग जोडिएको यो जात्रा तीन दिनसम्म...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना