काठमाडौं- एसिया कप क्रिकेटको उद्घाटन खेलमा नेपालले पहिलो सफलता हात पारेको छ।
मुल्तान स्टेडियममा टस हारेर पहिले बलिङ गरिरहेको नेपालका लागि करणले पहिलो विकेट लिएका हुन्।
करणले फकर जमानलाई १४ रनमा क्याच आउट गराएका हुन्। करणको बलमा विकेट किपर आसिफ शेखले क्याच गरे।
नेपालको प्लेइङ सेटमा बाबर अजाम (कप्तान), सादाब खान, फखर जमाम, इमाम उल हक, ईफ्तिखार अहमद, आगा सलमान, मोहम्मद रिजवान, मोहम्मद नवाज, साहिन शाह अफ्रिदी, हरिस रउफ र नसिम शाह छन्।


