काठमाडौँ- एसिया कप क्रिकेटको उद्घाटन खेलमा पाकिस्तानले नेपाललालाई ३४३ रनको लक्ष्य दिएको छ। निर्धारित ५० ओभर खेलेर पाकिस्तानले नेपाललाई चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको हो।
पाकिस्तानका इफ्तिखर अहमद र बाबर अजमले शतकीय पारी खेले। बाबरले १५१ रन बनाउँदा इफ्तिखरले १३१ रन बटुलेका थिए। बाबरले १४ चौका र ६ छक्का प्रहार गरेका थिए।बाबर र इफ्तिखरले पाँचौ विकेटका लागि २२४ रनको साझेदारी गरेका थिए।
टस हारेर बलिङ गरेको नेपालले ६ विकेट लिन सफल भयो। नेपालका लागि सन्दीप लामिछाने र सोमपाल कामीले दुईदुई विकेट लिँदा रोहित पौडेल र करण केसीले एकएक विकेट लिए।


