काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो चीन भ्रमण रद्द गरेका छन्। उनले विहिबार दिउँसो चीन भ्रमण रद्द गरेको जानकारी दिएका हुन्।
चीन सरकारको निमन्त्रणामा पर्यटन प्रवर्द्धन तथा संस्कृति आदानप्रदानका लागि बालेन बिहीबार दिउँसो बेइजिङ जाने कार्यक्रम थियो। तर, चीनले हालै आफ्नो नक्सा सार्वजनिक गर्दा नेपालको लिपुलेक, लिम्पियाधुरा समावेश भएको चुच्चे नक्सा नस्विकारेको भन्दै उनले चीन भ्रमण रद्द गरेका हुन्।
‘नेपाली भूभागलाई चीनले नेपाललाई नै नसोधी भारतको देखाउनु हाम्रो संवेदनशीलतामाथि चालेको गलत कदम मानेका छौं। त्यसैले आज मेरो चीनको निमन्त्रणामा हुँदै गरेको ५ दिने भ्रमण नैतिकताको आधारमा नजाने निर्णय गरेको छु,’ उनले भनेका छन्।


