काठमाडौं– एसिया कप अन्तर्गत भारतविरुद्ध ब्याटिङ गरिरहेको नेपालले छैटौँ विकेट पनि गुमाएको छ।
कुशल भुर्तेल २५ बलमा ३८ रन बनाएर आउट भए। भीम सार्कीले ७ रन बनाएका थिए। क्याप्टेन रोहत पौडेलले ८ बलमा ५ रन बनाए। यस्तै कुशल मल्लले ५ बलमा नै २ रन जोडे। गुल्सन झाले ३५ बलमा २३ रन जोडेका थिए।
नेपालका ओपनिङ ब्याट्सम्यान आसिफ शेखले अर्धशतक प्रहार गरेर आउट भए। उनी ९७ बलमा ८ चौकाको मद्दतमा ५८ रन बनाएर आउट भएका हुन्।
श्रीलंकाको पेल्लेकेले मैदानमा नेपाली समयअनुसार सवा तीन बजे खेल सुरू भएको खेलमा यो समाचार तयार पार्दासम्म नेपालले ३३.५ ओभर खेलेर १५० रन जोडेको छ।


