काठमाडौँ- नेपाल र भारतबीचको क्रिकेट खेल वर्षाको कारण खेल रोकिएको छ।
पालेकेले इन्टरनेसल क्रिकेट स्टेडियम श्रीलंकामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ३७.५ ओभरमा ६ विकेट गुमाएर १७८ रन बनाएको अवस्थामा खेल रोकिन पुगेको हो।
वर्षाको कारण मैदान पालले कभर गरिएको छ। दुवै टोलीका खेलाडी पेभेलिएन फर्केका छन्।
नेपालका दीपेन्द्रसिंह ऐरीले २७ रन, सोमपाल कामीले ११ रन बनाएका छन्। उनीहरू खेलमा नटआउट छन्।
नेपालका ओपनर तथा विकेटकिपर आसिफ शेखले ९७ बलमा ८ चौकासहित सर्वाधिक ५८ रनमा आउट भए। ओपनर कुशल भुर्तेलले ३८ रनमा आउट भए।
भीम सार्की ७, रोहित पौडेल ५ र कुशल मल्ल २ रनमा आउट भए। यी तीनै जनालाई भारतका रविन्द्र जडेजाले आउट गराएका हुन्।
गुलशन झा ३५ बलमा ३ चौकासहित २३ रनमा आउट भए।


