काठमाडौँ- एसिया कप २०२३ अन्तर्गत भारत र नेपालबीचको खेल फेरि सुरू भएको छ। श्रीलंकाको पल्लेकेले मैदानमा नेपालले ब्याटिङ गरिरहदा वर्षाले अवरूद्ध खेल वर्षा रोकिएसँगै पुनः सुरु भएको हो।
भारतले टस जितेर बलिङ रोजेपछि ब्याटिङ गरेको नेपालले ३७.५ ओभर ६ विकेटको क्षतिमा १७८ रन बनाउँदा खेल अवरूद्ध भएको थियो।
नेपालका दीपेन्द्रसिंह ऐरीले २७ रन, सोमपाल कामीले ११ रन बनाएका छन्। उनीहरू खेलमा नटआउट छन्।
नेपालका ओपनर तथा विकेटकिपर आसिफ शेखले ९७ बलमा ८ चौकासहित सर्वाधिक ५८ रनमा आउट भए। ओपनर कुशल भुर्तेलले ३८ रनमा आउट भए।
भीम सार्की ७, रोहित पौडेल ५ र कुशल मल्ल २ रनमा आउट भए। यी तीनै जनालाई भारतका रविन्द्र जडेजाले आउट गराएका हुन्।
गुलशन झा ३५ बलमा ३ चौकासहित २३ रनमा आउट भए।


