२०८३ कार्तिक १४ गते शुक्रबार

पल्लेकेले मैदानमा रोकियो वर्षा, खेल हुन नसके के होला नतिजा?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ १८
srilanka_rain

काठमाडौँ– श्रीलंकाको पल्लेकेले इन्टरनेसनल क्रिकेट मैदानमा भइरहेको नेपाल र भारतबीचको खेलमा वर्षा बाधक बनेको छ। वर्षाका कारण खेल रोकिएको एक घण्टाभन्दा बढी समय भइसकेको छ। स्थानीय समयअनुसार ९:५० बजे वर्षा रोकिएको छ। अब १० मिनेट कुरेर एम्पायरले खेल हुने वा नहुने निर्णय लिनेछन्।

पुनः वर्षा नभएको खण्डमा खेल हुनेछ। पुनः खेल सुरु हुँदा ओभर घट्ने छ। झन्डै पाँच मिनेट बराबर एक ओभर घट्ने गर्दछ। ओभर घट्दा लक्ष्य पनि घट्नेछ। २० ओभरमाथि ओभर घट्ने अनुमान गरिएको छ।

खेलको कट अफ टाइम स्थानीय समयअनुसार १०:२० (नेपाली समय अनुसार राती १०:३५ सम्म) रहेको छ। त्यसबेलासम्म पनि सुरु हुन नकसे खेल रद्द भएको घोषणा एम्पाएरले गर्न सक्नेछन्। त्यसअघि सुरु भएमा २० ओभरमा सीमित हुने सम्भावना छ। २० ओभरमा सीमित भए खेलको लक्ष्य १३० मा झर्नेछ। खेल रद्द भएको अवस्थामा भारत सुपर फोरमा पुग्नेछ।

हालसम्मको अवस्थामा नेपालले दिएको २३१ रनको लक्ष्य भारतले पछ्याइरहेको छ। भारतले २.१ ओभरमा १७ रन बनाउँदा वर्षाको कारण खेल रोकिएको अवस्थामा छ। नेपालले भारतका कुनै पनि विकेट लिन सकेको छैन। शुभमन गिलले ६ बलमा ३ चौकासहित १२ रन बनाएका छन् भने रोहित शर्माले ७ बलमा १ चौकासहित ४ रन बनाएर टिमका लागि १७ रनमा छन्।

नेपालले ४८.२ ओभरमा अलआउट हुँदै उक्त लक्ष्य दिएको हो। भारतविरुद्ध नेपालका ओपनर आसिफ शेखले अर्धशतक बनाएका थिए। आसिफले ८ चौकाको मद्दतमा ५८ रन बनाएका हुन्।

अलराउण्डर सोमपाल कामीले ४८ रन जोडेका थिए। ओपनर कुशल भुर्तेलले ३८ रन जोड्दा दिपेन्द्र सिंह ऐरी २९ र गुल्सन झा २३ रन बनाएर आउट भएका थिए।

सन्दीप लामिछाने ९, भीम सार्की ७, कप्तान रोहितकुमार पौडेल ५ रन बनाउँदा कुशल मल्ल दुई रनमै आउट भए भने करण केसीले २ रन जोडे। बलिङमा भारतका रविन्द्र जडेजा र मोहमद सिराजले ३–३ विकेट लिए। मोहम्मद शामी, पाण्ड्या र शार्दुल ठाकुरको नाममा १–१ विकेट रहयो।

प्रकाशित: २०८० भदौ १८ गते सोमबार १०:१४
प्रतिक्रिया

थप समाचार

आर्या फार्मास्युटिकल्स र नेपाल प्रिमियर लिगबीच तीनवर्षीय सहकार्य

काठमाडौँः आर्या फार्मास्युटिकल्सले नेपाल क्रिकेट संघ (क्यान) र नेपाल प्रिमियर लिग ९एनपीएल० सँग तीनवर्षीय सहकार्य गर्ने भएको छ। कम्पनीले आफ्नो स्थापनाको ३०औँ वर्षका अवसरमा एनपीएलसँग स्वास्थ्य...

मोइन अलीको अर्धशतकसहित काठमाडौँविरुद्ध जनकपुरको सहज जित

काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत आजको पहिलो खेलमा जनकपुर बोल्ट्स विजयी भएको छ। जनकपुरले काठमाडौँ गोर्खाजलाई ८ विकेटले हराएको हो। जितका लागि पाएको...

त्रिवि मैदान बाहिर सानो व्यापार, ठूलो राहत : कुमारीको मुहारमा चमक

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल) ले त्रिवि क्रिकेट मैदानबाहिरको चहलपहलसँगै साना व्यापारीको व्यापार पनि बढाएको छ। खेल हेर्न आउने दर्शकको भीडले मैदानबाहिर चटपटे, चाउचाउ, पानीलगायतका सामान...

टस हारेर ब्याटिङ गर्दै पोखरा, मैदानमा दिनेश खरेल र मेहदी हसन

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गर्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान सुदूरपश्चिमले टस...

एनपीएलले बढायो होटलहरूको कारोबार

काठमाडौँ: कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)ले काठमाडौंका होटल तथा पर्यटन व्यवसायमा आर्थिक गतिविधि बढाएको छ। यसवर्षको एनपीएलमा नेपाल...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना