२०८३ कार्तिक ११ गते मङ्गलबार

हङकङमा १४० वर्षयताकै ठूलो वर्षा, सयौं प्रभावित

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ २२
hkrain

काठमाडौँ- हङकङ र दक्षिणी चीनमा भारी वर्षा भएसँगै ब्यापक बाढी आएको छ। हङकङका सडक र सबवे स्टेसनहरू पानीले भरिएका छन् भने विद्यालय र कार्यालहरू बन्द गरिएका छन्।

बिहीबारदेखि सुरु भएको मुलधारे वर्षा १४० वर्षयताकै सबैभन्दा ठूलो भएको मौसम अधिकारीहरू बताएका छन्। अधिकारीहरूले उद्धार गरिरहेका छन् भने तस्बीरहरूमा बाढीले भरिएका सडकहरूमा स्थानीयहरू हिंडिरहेका देखिन्छन्।

मौसमका कारण विगत २४ घण्टामा कम्तीमा ८३ जनालाई अस्पताल लगिएको आपतकालीन अधिकारीहरूले शुक्रबार बिहान जानकारी दिएका छन्। वर्षाका कारण पहिरो खस्दा केही ठाउमा सडक अवरुद्ध भएका छन्।

हङकङको सिमानामा पर्ने सेन्जेन सहरले १९५२ मा रेकर्ड सुरु भएदेखिको सबभन्दा ठूलो वर्षाको रिपोर्ट गरेको छ। भारी वर्षाको कारण दक्षिण चीनमा पनि असर पारको छ।

ग्वाङडोङ प्रान्तमा सयौं उडानहरू रद्ध गरिएको छ। स्थानीय अधिकारीहरूले अचानक बाढीको चेतावनी दिएका छन् भने तल्लो क्षेत्रका बासिन्दाहरूलाई खाली ठाउँमा बस्न सल्लाह दिएका छन्। दक्षिणी चीनको घना जनसंख्या भएको तटीय क्षेत्रमा करोडौं मानिस बस्दै आएका छन्।

हङकङका सामाजिक सञ्जालमा पानी बगीरहेका सडकहरू देखिएका छन्। सडकहरू उग्र नदीहरूमा परिणत भएका छन्। पानी प्लेटफर्महरू चढेको देखाइएको छ। हङकङको मुख्य टापुलाई यसको उत्तरम रहेको काउलुन प्रायद्वीप जोड्ने प्रमुख सुरुङक मार्ग क्रस हार्बर पनि डुबानमा परेको थियो।

मौसम अधिकारीहरूले बिहीबार रातिलाई भारी वर्षाको संकेत गरेका थिए। एक घण्टामा ७० मिलिमिटरभन्दा बढी वर्षा हुने चेतावनी दिएका छन्। त्यो रातपछि हङकङ अब्जर्भेटरीले प्रतिघण्टा १५८.१ मिलिमिटर वर्षा भएको प्रतिवेदनमा देखिएको थियो। यो सन् १८८४ मा रेकर्डहरू सुरू भएकादेखिकै उच्च हो।

हङकङ टापु, काउलुन र सहरको उत्तरपूर्वी भागमा १८ः०० स्थानीय समय (१०ः०० जिएमटी) र मध्यरातको बीचमा २०० मिलिटरभन्दा बढी वर्षा रकर्ड गरिएको थियो। यो वर्षा सामान्यभन्दा बढी हो।

शेन्जेनले जलाशयबाट पानी निकाल्ने तयारी गरिरहेको थियो तर हङकङका अधिकारीहरूले उत्तरी भागमा बाढी आउने चेतावनी दिएका थिए। चीनको सौसम प्रशासनले शुक्रबार र शनिबार देशको दक्षिणपश्चिम क्षेत्रमा अत्यधिक वर्षा हुने अनुमान गरिएको छ।

एक सातामा साओला र हाइकुई नामक दुई टाइफुनले दक्षिणी चीनमा आएसँगै भएको वर्षाले सहर बन्द गराएको हो। बारम्बार आउने उष्ण तटीय अधिहरूको तीव्रताका कारण अचानक बाढी आउँदा क्षति वृद्धि हुँदै गएको छ।

प्रकाशित: २०८० भदौ २२ गते शुक्रबार ०३:२६
प्रतिक्रिया

थप समाचार

एनआरएनए स्थापना दिवसः जापानमा एकता, सहकार्य र संस्थागत सुदृढीकरणमा जोड

टोकियो, जापान: गैरआवासीय नेपाली संघ (एनआरएनए) को स्थापना दिवसका अवसरमा जापानमा रहेका नेपाली समुदायबीच एकता, सहकार्य र आपसी सद्भावलाई थप सुदृढ बनाउनुपर्ने आवश्यकता देखिएको बिषयमा अन्तरक्रिया...

मलेसियामा सीमित संस्थामार्फत कामदार पठाउने व्यवस्थाप्रति संघको आपत्ति

काठमाडौं। नेपाल वैदेशिक रोजगार व्यवसायी संघले मलेसियाको ‘एफडब्लुसीएमएस’ प्रणालीअन्तर्गत सीमित नेपाली वैदेशिक रोजगार व्यवसायी संस्थालाई मात्र सूचीकृत गरी नेपाली श्रमिक पठाउने व्यवस्था...

नेपालसहित ५० देशका नागरिकलाई अमेरिकाद्वारा २० हजार डलरसम्मको भिसा बन्ड अनिवार्य

काठमाडौँ: अमेरिकाले पर्यटक तथा व्यावसायिक प्रयोजनका लागि दिइने बी–१÷बी–२ भिसाका आवेदकमध्ये ५० देशका नागरिकका लागि १० हजारदेखि २० हजार अमेरिकी डलरसम्मको भिसा बन्ड अनिवार्य गरेको छ। नयाँ व्यवस्थामा...

मलेसियाको रोजगारीमा २५ म्यानपावरलाई मात्र अनुमति दिने व्यवस्था स्वीकार्य छैनः पूर्वअध्यक्ष वाग्ले

काठमाडौं। वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष हंसराज वाग्लेले वैदेशिक रोजगार क्षेत्रमा विभिन्न नाममा सिन्डिकेट कायम रहेको भन्दै त्यसको अन्त्य गर्नुपर्ने बताएका छन्। रिपोर्टर्स...

घले दम्पतिले दिने भए भोटेकोशीका बाढीपीडित बालबालिकाका लागि ५७ करोड ८५ लाख

सिड्नी। भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको शिक्षा र आधारभूत आवश्यकता पूरा गर्न एमआईटी ग्रुप फाउन्डेसनले ५७ करोड ८५ लाख रुपैयाँसम्म खर्च गर्ने प्रतिबद्धता जनाएको छ। राष्ट्रिय बाल अधिकार...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना