काठमाडौँ- काठमाडौं महानगरपालिका-१५ स्वयम्भूबाट एक जना नक्कली नोटका कारोबारी पक्राउ परेका छन्। एक हजार दरका १ सय थान नक्कली नेपाली नोट र २ थान मोबाईलसहित उनी पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा गोरखा जिल्ला गोरखा नगरपालिका-४ धारापानी घर भई काठमाडौं नागार्जुन नगरपालिका-८ भिमढुङ्गा बस्ने ३८ वर्षीय गौरव थापा छन्। उनी मंगलबार पक्राउ परेका हुन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ परेको हो। उनीमाथि आवश्यक अनुसन्धान, अभियोजन र कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको कार्यालयले जानकारी दिएको छ।


