मोरङ– विराटनगरमा अण्डाको विषयमा विवाद हुँदा एक जनाको हत्या भएको छ। छिमेकीबीचको विवादले उग्र रूप लिएपछि कुटपिट हुँदा महानगरपालिका-११ बरमपुराका ७० वर्षीय हरि कुमालको मृत्यु भएको हो।
हरिलाई छिमेकी ५१ वर्षीय नरेश मेहता र उनकै श्रीमती ४९ वर्षीया कुमारी तामाङले कुटपिट गरेका थिए। उनीहरूलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो।
कुमालमाथि कुटपिट भएपछि दुवै पक्ष आ-आफ्नो घर गएका थिए। घर पुगेपछि कुमालको मृत्यु भएको थियो। यसपछि प्रहरीले सूचना पाएको थियो।
पछि वडा प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरीले मेहता दम्पतीलाई पक्राउ गरेको हो। घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।


