काठमाडौँ- वर्षाका कारण आइतबार कोलम्बोमा भइरहेको एसिया कपमा भारत र पाकिस्तानबीचको खेल रोकिएको छ। अब यो खेल भोलि अर्थात सोमबार हुने बताइएको छ।
आइतबार पाकिस्तानले टस जितेर भारतलाई ब्याटिङको निम्तो दिएको थियो। भारतले २४.१ ओभरमा दुई विकेट गुमाएर १४७ रन बनाएको थियो।
त्यसपछि वर्षाका कारण खेल हुन नसकेको बिआइसीसीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ।
भारतीय टोलीले सोमबार आफ्नो इनिङ्स खेल जारी राख्ने जनाइएको छ।
आइतबारको खेलमा विराट कोहली ८ रन र केएल राहुल १७ रनमा अविजित छन्। कप्तान रोहित शर्माले ५६ र शुभमन गिलले ५८ रन बनाएका छन्।
लिग राउन्डमा पनि भारत र पाकिस्तानबीचको खेल वर्षाका कारण रद्द भएको थियो।


