काठमाडौँ- नेपालगञ्ज विमानस्थलबाट राजस्वका अधिकृत नगदसहित पक्राउ परेका छन्। आन्तरिक राजस्व कार्यालय तुलसीपुरमा कार्यरत अधिकृत खगेन्द्र सापकोटा पक्राउ परेका हुन्।
सोमबार बिहान काठमाडौं उड्न लागेका सापकोटालाई २६ लाख नगदसहित पक्राउ गरिएको बाँके प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीले बताए।
‘उहाँको झोलाबाट स्रोत नखुलेको रकम बरामद भएको छ, यसबारे अनुसन्धान भइरहेको छ,’ डाँगीले भने।
सापकोटा श्री एयरको जहाजबाट काठमाडौं उड्न लागेका थिए। सापकोटासँगै रहेका सोही कार्यालयका दीपक पौडल भने फरार भएको डाँगीले बताए।


