काठमाडौं–हृदयाघातबाट निधन भएका संविधानसभाध्यक्ष एव एवं एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको शवयात्रासहित पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदै छ।
स्व. नेम्वाङको शवयात्रामा सहभागी भई अन्तिम श्रद्धाञ्जली अपर्णका लागि बिहान ११ बजे निजी सवारीसाधन हुने शंखपार्क, धुम्बाराही र सवारीसाधन नहुनेहरू गौशाला (वडा प्रहरी कार्यालय अगाडि) पुग्न एमालेले आग्रह गरेको हो।
शवयात्राको रुट स्व. नेम्वाङको निजी निवास बालुवाटार–शिक्षण अस्पताल, महाराजगञ्ज–नारायणगोपाल चोक–धुम्बाराही–चाबहिल–गौशाला हुँदै पशुपति आर्यघाट रहेको छ।
एमालेले नेम्वाङप्रति बुधबार पनि विभिन्न राजनीतिक दलका नेताहरू, कूटनीतिक नियोगका प्रमुख, समाजका विभिन्न क्षेत्रका प्रतिष्ठित महानुभाव, उच्चपदस्थ अधिकारी, पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुकलगायतले श्रद्धाञ्जली अर्पण गरेको जनाएको छ।


