२०८३ कार्तिक ११ गते मङ्गलबार

आजबाट सुरु हुँदै आईपीएल, गुजरात र चेन्नई आमनेसामने

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, चैत १७
ipl 2023

काठमाडौँ- सन् २००८ बाट सुरु भएको इन्डियन प्रिमियर लिग (आईपिएल) को १६औं संस्करण शुक्रबारदेखि सुरु हुँदैछ। एक लाखभन्दा धेरै दर्शक क्षमताको नरेन्द्र मोदी रंगशालामा राति पौने ८ बजे सुरु हुने प्रतिस्पर्धामा डिफेन्डिङ च्याम्पियन गुजरात टाइटन्सले चार पटकको विजेता चेन्नई सुपर किंग्सको सामना गर्नेछ।

चार वर्षपछि आईपीएलमा उद्घाटन समारोह हुन लागेको छ। आइपीएलमा सन् २०१८ पछि ओपनिङ सेरेमोनी हुन सकेको थिएन। सन् २०१९ को प्रतियोगिता अघि पुलवामा हमलामा मृत्यु भएका सीआरपीएफका जवानलाई उद्घाटन समारोहमा खर्च हुने रकम दिइएको थियो। त्यसपछि, कोभिड-१९ महामारी फैलिएपछि प्रतियोगितालाई समेत प्रभाव पारेको थियो। यस्तोमा आईपीएल नै युएईमा आयोजना गर्नु परेको थियो।

यो वर्ष भने उद्घाटन समारोह साँझ सवा ६ बजे सुरु हुँदैछ। उद्घाटनमा नायिका तमन्ना भाटिया, रस्मिका मन्धना र अरिजितजस्ता स्टारले प्रस्तुति दिनेछन्। आयोजकले हिजो बिहीबार नै कलाकारबारे जानकारी दिएको थियो। बलिउड अभिनेत्री क्याट्रिना कैफ र नायक टाइगर स्राफले पनि प्रस्तुति दिने भारतीय मिडियामा उल्लेख छ।

प्रतियोगिता तीन वर्षपछि होम एन्ड अवे फर्म्याटमा खेल्ने आयोजकले जानकारी दिएको छ। यसरी आजको खेल गुजरातको घरेलु रंगशाला अहमदाबादमा खेलिने छ। आईपीएलमा चेन्नई सफलमध्येको टिम हो। १३ मध्ये ११ पटक प्रतियोगिताको प्ले अफमा पुगेको चेन्नईले महेन्द्र सिंह धोनीको कप्तानी चार पटक उपाधि उचालिसकेको छ। 

गुजरातसँग चेन्नईको रेकर्ड राम्रो भने छैन। पछिल्लो सिजनबाट मात्र आईपिएल खेल्न थालेको गुजरातले चेन्नईसँग दुईपटक मात्र खेले पनि दुवैमा जित निकालेको छ। त्यसैले चेन्नईलाई आज पहिलो जित निकाल्ने अवसर हुनेछ। त्यसमाथि चेन्नइसँग बेन स्टोक्स, रविन्द्र जाडेजा र महेन्द्र सिंह धोनीजस्ता उत्कृष्ट खेलाडीको साथ पनि छ। तर चोटका कारण धोनीले पहिलो खेल खेल्नेमा भने शंका छ। उनी अभ्यासको समयमा घाइते भएका थिए। तर क्लबले उनी खेल्ने बताएको छ।

यता गुजरातलाई भने उपाधि रक्षा गर्ने दबाब छ। हार्दिक पान्ड्या, राखिद खान र मोहम्मद शामीसँग मैदानमा उत्रने भएकाले आजको खेल प्रतिस्पर्धात्मक हुने आकलन गरिएको छ। 

प्रकाशित: २०७९ चैत १७ गते शुक्रबार ०१:२३
प्रतिक्रिया

थप समाचार

एनपीएलका लागि ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौँः नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै एक्सट्रीम इनर्जी ड्रिङ्कले देशका ९ सहरमा १० वटा फ्यान जोन सञ्चालन गर्ने भएको छ। कात्तिक ९ देखि मंसिर ५ गतेसम्म हुने एनपीएलका...

एनपीएल क्रिकेट: जनकपुर टस जितेर फिल्डिङमा

काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो दिनको दोस्रो खेलमा अहिले जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय...

रसेल र लोकेशको आक्रामक ब्याटिङका बाबजुद विराटनगर पराजित, चितवन ८ रनले विजयी

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा चितवन राइनोजले विराटनगर किंग्सलाई ८ रनले पराजित गरेको छ। खेलको अन्तिम चरणमा विराटनगरले लगातार विकेट गुमाउँदा जितको नजिक पुगेर पनि हार...

टस जितेर विराटगरले चितवनलाई दियो पहिले ब्याटिङको निम्तो

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा विराटनगर किङ्ग्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा विराटनगरले...

एनपीएल क्रिकेट : आज दुई खेल हुँदै 

काठमाडौं। राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा मध्यान्ह १२ बजे चितवन राइनोज र विराटनगर...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना